हेर्नुहाेस् यस्ताे छ नेपाल रेडक्रस सोसाइटी दार्चुलाको कार्य प्रगती

५ बर्ष अघि

२0७५ पुष १0 मंगलवार

हेर्नुहाेस् यस्ताे छ नेपाल रेडक्रस सोसाइटी दार्चुलाको  कार्य प्रगती

 ललित सामन्त, पुस १० दार्चुला । नेपाल रेडक्रस सोसाईटी दार्चुला शाखाको १६ महिनामा गरेका महत्वपुर्ण कामहरु आज सार्वजनिक भएका छन् । नेपाल  रेडक्रस सोसाइटी जिल्ला शाखाको आयोजनामा भएको कार्यक्रममा  विपद व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी खुमकान्त आर्चायको अध्यक्षता एवम् नेपाल रेडक्रस सोसाइटी जिल्ला अध्यक्ष गोपाल सिह महराको प्रमुख आर्थित्यतामा नेपाल रेडक्रस सोसाइटीले गरेका कामहरु सार्वजनिक गरेको छन् ।  
नेपाल रेडक्रस सोसाईटी दार्चुला शाखाले १६ महिनामा आफना गरेका कामहरु मंगलबार सार्वजनिक गरेको छ । जस्मध्ये पानीजन्य तालिमहरु,विपद सम्बधी तालिम ,इरा मुबाइल सम्बधी तालिम, प्रतिकार्य योजना तालिम संस्थाका महत्वपुर्ण उपलब्धी मानिएका छन् भने यस्तै दार्चुला जिल्ला भुकम्पको उच्च जोखिममा रहेकाले पनि यस सम्बधी तालिम बेला बेला जिल्ला स्तरमा गरेको र अबका दिनहरुमा दार्चुलाका नौ वटै स्थानीय तहहरु संगपनि विपद सम्बधि जानकारी गराउने पनि आजको कार्यक्रमले प्रतिवद्धता जनाएको छ ।

यस्तै माघ २ गतेका दिन महाकाली नगरपालीकाले  पहिलो पटक विपद सम्बधि कार्यक्रमको आयोजना गर्ने निर्णय भएको छ ।  नेपाल रेडक्रस सोसाइटीले आफनो १६ महिने कामको समीक्षा गर्दा आफनो महत्वपुर्ण उपलब्धी मालिकार्जुन गाउँपालिकाको वार्ड नम्बर ७ जौलजिवीमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले गरेको ¥याप्टीङको भम्रणलाई आफनो महत्वपुर्ण उपलब्धी मानिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दार्चुलाका सुचना अधिकारी राजकुमार घिमिरेले जानकारी दिनु भएको छ ।यस्तै दार्चुला जिल्ला भुकम्पीय जोखिममा रहेको भन्दै दार्चुला जिल्लामा विपद् व्यवस्थापन गर्न पूर्व तयारी स्वरुप नेपाल रेडक्रस शाखा दार्चुलाले विपद् प्रतिकार्य सम्बन्धी दुईदिने तालिम प्रदान गरेको हो । जिल्लाका विभिन्न स्थानीय तह, जिल्लास्थित विभिन्न संघसंस्था, तीन ओटै सुरक्षा निकाय, सञ्चारकर्मीहरुलाई प्रदान गरिएको न्युनीकरण तथा विपद्का बेलामहत्वपूर्ण टेवा मिल्ने नेपाल रेडक्रस सोसाइटी शाखा दार्चुलाका सभापति गोपालसिँह महराले जानकारी दिनु भयो ।  कार्यक्रममा दार्चुला सन्देशका सम्पादक पदम बडालले विपदको ७ दिनका क्रियाकलापहरुको समीक्षा गर्नुभएको थियो । 
कार्यक्रममा राजनितिक दलका जनप्रतिनिधिहरु ,सुरक्षा निकायका प्रमुख प्रतिनिधिहरु, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष शंकर सिह धामी लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।