प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिए सांसद ठगुन्नाले ज्ञापनपत्र 

५ बर्ष अघि

२0७५ पुष ९ सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिए सांसद ठगुन्नाले ज्ञापनपत्र 

ललित सामन्त,पुस ९ दार्चुला । दार्चुलाबाट निर्वाचित सांसद गणेश सिह ठगुन्नाले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर  दार्चुलाबाट निर्वाचित सांसद ठगुन्नाले चारबुदे ज्ञापन पत्र बुझाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली बाढीपीडितलाई राहत उपलब्ध गराउने विषयमा आफू दृढ रहेको बताएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा महाकाली बाढीपीडित विपत व्यवस्थापन संघर्ष समितिको चार बुँदे ज्ञापनपत्र बुझ्दै उनले लामो सम्म पनि बाढीपीडितले राहत नपाएकामा आफू जानकार रहेको र अब उक्त कामलाई अगाडि बढाउने बताए। संघीय संसद प्रतिनिधिसभाका सांसद गणेशसिंह ठगुन्नाले विगतमा सरकारले राहत दिने निर्णय गरे पनि अझैसम्म पनि पीडितले राहत नपाएको बताए। उनले भने, ुविगतमा खिलराज रेग्मीको अध्यक्षतामा रहेको मन्त्रिपरिषद्ले राहत दिने निर्णय गरेको थियो तर अहिलेसम्म एकजना पीडितले पनि राहत पाएको छैन।ु उनले निर्णय गर्ने बेला विभिन्न शर्त राखिएकाले पनि पीडितले राहत नपाएकाले वर्तमान सरकारले ती शर्त हटाएर पीडितलाई राहत दिनुपर्ने माग गरे।

सांसद ठगुन्नाले प्रधानमन्त्रीसँग महाकाली नदीमा २०७० असारमा आएको बाढीबाट पीडितलाई उपलब्ध राहत न्यून रहेकाले त्यसलाई बढाइदिन पनि आग्रह गरेका थिए। महाकाली बाढीपीडित विपत व्यवस्थापन संघर्ष समितिका सचिव रघुवीर ठगुन्नाले आफ्ना मागहरू प्रधानमन्त्रीलाई बुझाएका थिए।

जसमा नेपाल सरकार मन्त्रिपरिषद्को वि। सं । २०७१र०२र०८ गतेको बैठकले गरेको बाढीपीडितलाई सहुलियत दरको ऋण दिनेसम्बन्धी निर्णय तत्काल कार्यान्वयन गर्न, दैवीप्रकोप पीडित परिवारका सदस्यहरूलाई रोजगारीको व्यवस्था गर्न, महाकाली बाढीपछि देशका विभिन्न जिल्लामा भएको दैवी प्रकोपमा परेका पीडितहरूलाई नेपाल सरकारले उपलब्ध गराएसरह अनुदान सहयोग उपलब्ध गराउन र महाकाली बाढीपीडितहरूलाई सहयोग उपलब्ध गराउने उद्देश्यले केन्द्रीय दैवीप्रकोप उद्धार कोष र प्रधानमन्त्री जम्मा हुन गएको रकम हालसम्म पनि बाढीपीडितहरूलाई उपलब्ध नभएको हुँदा उक्त रकम तत्काल उपलब्ध गराउन माग गरिएको छ।उक्त समितिले यसअघि गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री डा। युवराज खतिवडालाई पनि मागपत्र बुझाइसकेको छ।