महाकाली नगरपालिकाद्धारा विद्यालयलाई ई हाजिरी 

५ बर्ष अघि

२0७५ पुष ९ सोमबार

महाकाली नगरपालिकाद्धारा विद्यालयलाई ई हाजिरी 


सुलोचना महता, पुस ९ दार्चुला । महाकाली नगरपालिकाले विद्यालयमा बढी जसो शिक्षकहरुको अनुपस्थित रहने तथा विद्यालयमा मनलागेको बेला पढाउने तथा छोड्ने प्रवृति रोक्नका लागि विद्यालय ई हाजिरी मेसिन जडान गर्न लागेको छ । महाकाली नगरपालिकाले नगरक्षेत्र भित्र सरसफाई व्यवस्थापन गर्नका लागि विद्यालयमा सडक नाटक पर्दशनी गदैँ गर्नुका साथै ई हाजिरी मेसिन प्रधानाध्यापकलाई हस्तान्तरण गरीरहेको छ ।

नगरपालिकाले शिक्षकहरुको नियमितताका लागि तथा शैक्षिक गुणस्तरमा सुधार गर्नका लागि ई हाजिरी विरतण गर्न लागेको महाकाली नगरपालिकाका प्रमुख हसंराज भट्टले बताउनु भएको छ  । हाल सम्म मालिकार्जुन मावि धाप, राष्ट्रिय मावि दत्तु र महेन्द्र नमुना मावि गरी तिन वटै विद्यालयमा ई हाजिरी जडान गरीएको महाकाली नगरपालिकाले जनाएको छ । महाकाली नगरपालिकाले चालु आर्थिक वर्षमा नगरपालिका क्षेत्र भित्र रहेका १० वटा माध्यमिक विद्यालयमा ई हाजिरी जडान गरीने महाकाली नगरपालिकाका प्रमुख भट्टले बताउनु भयो ।
नगरपालिकामा रहेका ४८ वटा सामुदायिक र ८ वटा संस्थागत विद्यालय गरी जम्मा ५६ वटा विद्यालय रहेका छन् । विद्यालयमा जडान गरिएका मेसिनको प्रभावकारीताका आधारमा आगामी दिनहरुमा सबै विद्यालयमा ई हाजिरी मेसिन जडान गरी उहाँको भनाई छ ।