ललित सामन्त,पुस ९ दार्चुला ।दार्चुला जिल्लाको महाकाली नगरपालिका वार्ड नम्बर ४ मा रहेको खुलामञ्चमा आयोजना गरेको नेपाल कम्युनिष्ट पार्टी नेत्र विक्रम चन्दको आयोजनामा भएको सामना परिवारको सांगितिक प्रस्तुती तथा नेपाल कम्युनिष्ट पार्टी जिल्ला जनसभा तथा शान्तीपुर्ण बजार परिक्रमा गरेर कार्यक्रम सम्पन भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी जिल्ला अध्यक्ष रमेश नेपालीको अध्यक्षता एवम नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सदस्य ओम प्रकाश पुनको प्रमुख आर्थित्यतामा सामाना परिवारको सांगतिक प्रस्तुति तथा जिल्ला जनसभा कार्यक्रम सम्पन भएको हो ।
सोमबार दार्चुला जिल्लाको खुल्लामञ्मा भएको जनसभा कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी नेत्र विक्रम चन्द विप्लवका नेताहरुले दार्चुलाको पिडा फरक रहेको बताएका छन् । कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सदस्य ओम प्रकाश पुनले दार्चुलाको पिडा फरक रहेको बताउनु भयो । जनसभालाई सम्बोधन गदै केन्द्रीय सदस्य पुनले दार्चुलाको कालापानी नेपालको नक्सामा नहुनु, लिपुलेकको समस्या पुरानो रहेको र सरकारले गम्भीर भएर हेनु पर्ने बताएका छन् ।
यस्तै कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य ममता सुवदीले निर्मला पन्तको हत्यारालाई चाडै कानुनको कठघेरामा ल्याउने पनि बताउनु भयो । कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रमहरु गरि जनसभा कार्यक्रम सम्पन भएको हो । कार्यक्रममा विभिन्न राजनितिक दलका जनप्रतिनिधिहरु, दार्चुला बहुमुखी क्याम्पसका प्राध्यापक कृष्ण सिह साउद नमुना मावि खलंगाका प्रधानाध्यापक राम प्रसाद जोशी,सुरक्षा निकायका जनप्रतिनिधिहरु,पार्टीप्रति आस्थावान कार्यकर्ताहरु लगायत सञ्चार कर्मीहरुको सहभागितामा जिल्ला जनसभा कार्यक्रम सम्पन भएको हो ।