दार्चुलामा ११ को ग्रेड वृद्धि दिने परिक्षार्थीको केन्द्र एउटै  

५ बर्ष अघि

२0७५ पुष ९ सोमबार

दार्चुलामा ११ को ग्रेड वृद्धि दिने परिक्षार्थीको केन्द्र एउटै  



सुलोचना महता, पुस ९ दार्चुला । दार्चुला जिल्लामा पुस १४ गते देखि २२ सम्म  हुने ११ कक्षाको ग्रेड वृद्धि परीक्षाको केन्द्र यसपालि एउटा मात्र तोकिएको छ । गतसाल सम्म महेन्द्र नमुना मावि र गोकुलेश्वर माविमा गे्रड वृद्धि परीक्षा सञ्चालन हुने भएपनि यसपालि सदरमुकाम खलंगामा रहेको महेन्द्र नमुना माविमा मात्रै  परीक्षा केन्द्र ताेकेकाे छ  । ११ कक्षाको गे्रड वृद्धि परिक्षा मंसिर महिनामा हुने भनिएकोमा २ वटा परीक्षा केन्द्र निधारर्ण भएको थियो ।  परिक्षाको म्याद  सरेपछि राष्ट्रिय परीक्षा बोर्डले  महेन्द्र नमुना मावि मात्र केन्द्र निधारर्ण गरेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका प्रमुख जयराज पन्तले बताउनु भएको छ । ११ को गे्रड वृद्धि परीक्षा दार्चुला जिल्लाभरी रहेका २५ वटा विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाउने  छन् । साथै राष्ट्रिय परिक्षा बोर्डले गत साल सम्म ११ को गे्रड वृद्धि परीक्षामा १ विषयमा मात्र दिन पाइने भएपनि हाल इ,डी, डी प्लस देखि सी गे्रड सम्म नतिजा आएका परिक्षार्थीहरुले सबै विषयमा ग्रेड वृद्धि गर्न पाउँने छन् । समय तालिका र  परिक्षार्थी संख्या अाउनु बाँकी रहेकाे जिल्ला शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएकाे छ ।