नाैगाडमा सामुदायिक स्वास्थ्य इकाई केन्द्र स्थापना

५ बर्ष अघि

२0७५ पुष ९ सोमबार

नाैगाडमा सामुदायिक स्वास्थ्य इकाई केन्द्र स्थापना

 

सुलाेचना महता, पुस ९ दार्चुला ।  दार्चुला जिल्लाकाे नाैगाड गाउँपालिका वाड नम्बर ५ समैजीमा सामुदायिक स्वास्थ्य इकाई केन्द्रकाे स्थापना भएको छ ।

नाैगाड गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेर भौगोलिक रुपमा दुर्गम र विकट बस्तीमा रहेका विपन्न तथा गरिब परीवारहरुका लागि स्वास्थ्य सेवा विस्तार गरेको हो । साेमबार सामुदायिक स्वास्थ्य इकाई केन्द्रकाे स्थापना गरी  उद्घाट्न नाैगाड गाउँपालिकाका अध्यक्ष प्रेम सिँह धामी तथा उपाध्यक्ष गाैरी ठगुन्नाले गर्नु भएकाे छ । 
भौगोलिक विकटताका कारण ग्रामीण भेगका विपन्न तथा गरीब परीवार तथा स्वास्थ्य संस्थामा पुगेर सेवा लिन नसकेका साे ठाउँका स्थानीयहरुलार्इ सुविधा दिन सामुदायिक स्वास्थ्य इकाई केन्द्रकाे स्थापना गरीएकाे नाैगाड गाउँपालिकाका अध्यक्ष प्रेम सिँह धामीले बताउनु भयाे ।

सामुदायिक स्वास्थ्य इकाई केन्द्रमा हाल एकजना अहेब, एकजना अनमी र एक जना कार्यालय सहयाेगीको व्यवस्था गरिएको गाउँपालिकाले जनाएकाे छ । सामुदायिक स्वास्थ्य इकाई केन्द्रमा स्वास्थ्य परीक्षण, सरकारले उपलब्ध गराउने निःशुल्क औषधी वितरण,परिवार नियोजन सुविधा, साधारण रोगको उपचार लगायत खाेपकाे  सुविधा उपलब्ध छ । गाउँपालिकाले १५ लाख रुपैँया लगानीमा भवन निर्माण गर्नुकाे साथै हाल गाउँपालिका कै अाथिक सहयाेगमा सामुदायिक स्वास्थ्य इकार्इ केन्द्र सञ्चालन भइरहेकाे छ  ।