दुबै सासंदहरु द्धारा अर्थमन्त्रीलाई ज्ञापनपत्र 

५ बर्ष अघि

२0७५ पुष ८ आईतवार

दुबै सासंदहरु द्धारा अर्थमन्त्रीलाई ज्ञापनपत्र 

ललित सामन्त, पुस ८ । दार्चुलामा । २०७० साल असारमा महाकाली नदिमा आएको बाढीबाट पीडित भएका परिवारहरुलाई हालसम्म राहत र पुर्नस्थापन नहुँदा बाढी पीडितहरुको आँशा अझै मरेको छैन् ।
तत्कालिन अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले घोषणा गरेको राहत रकम र ततपश्चात विभिन्न ठाउँबाट केन्द्रीय विपद् व्यवस्थापन समिति र प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम पनि हालसम्म नपाएको भन्दै पुनः  आइतबार दार्चुलाबाट निर्वाचित सासंद द्धय गणेश सिह ठगुन्ना र सामानुपातिक सासंद दिलेन्द्र प्रसाद बडुको टोलीले नेपाल सरकारका अर्थमन्त्री युवराज खतिवडालाई भेटेर २०७० सालमा आएको वाढीका कारण दार्चुलाका पीडितहरुलाई सहुलियत रिण उपलब्ध गराउनु पर्ने, पीडित परिवारको एक सदस्यलाई रोजगारी दिलाउनु पर्ने, प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम पीडितहरुलाई उपलब्ध गराउनु पर्ने लगायतका माग राखिएको छ । महाकाली नदीमा आएको बाढीका कारण दार्चुला जिल्लामा १ सय ३५ परिवारको पूर्ण रुपमा घरजग्गा क्षती भएको थियो भने १७ वटा सरकारी कार्यालयमा क्षति भएको थियो । जवाफमा सरकारका अर्थ मन्त्री युवराज खतिवडाले आवश्यक प्रस्तावहरु मन्त्रिपरिषदमा लग्ने र आफु यस कुरामा सकारात्मक रहेको दार्चुलाबाट निर्वाचित सासंद गणेश सिह ठगुन्नाका स्वकीय सचिव दौलत सिह ठगुन्नाले बताउनु भयो ।