शैल्यशिखर नगरपालिकाको कर्मचारी भर्नामा गुनासो बढ्यो

५ बर्ष अघि

२0७५ पुष ८ आईतवार

शैल्यशिखर नगरपालिकाको कर्मचारी भर्नामा गुनासो बढ्यो

सुलोचना महता, पुस ८ दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाले संघिय कानुन विपरीत कर्मचारी भर्ना गर्न लागेको भन्दै स्थानीयले गुनासो गरेका छन् । संघ, प्रदेश र स्थानीय गरी तीनवटै तहका सरकारी निकायमा करारमा कर्मचारी भर्ना नगर्न पुस ६ गतेको मन्त्री परिषदको बैठकले नियर्ण गरेको भएपनि शैल्य शिखर नगरपालिकाले नियम विपरीत कर्मचारी भर्ना गर्न लागेको छ ।
नगरपालिकाले आइतबार देखि करारमा प्राविधिक तथा अन्य पदहरुमा कर्मचारी भर्ना गर्न लागेको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ का स्थानीय नवराज जोशीले जानकारी दिनुभयो । आफ्ना कार्यकर्ताहरुलाई भर्ना गर्न लागेको पनि स्थानीयहरुले आरोप लगाएका छन् । उता शैल्यशिखर नगरपालिकाका उपप्रमुख राजमती पालले भने गत साउन महिनामै करारमा कर्मचारी भर्ना गर्ने निणर्य गरेको र भाद्र महिनामा लिखित परिक्षा गरेको बताए । लिखित परीक्षाको अन्तरवार्ता मात्रै आजभोली गर्न लागेको बताएका छन् । शैल्यशिखर नगरपालिकाले १० जना अनमी, २ जना अहेब, ८ जना कार्यालय सहयोगी, ४ जना कृषि प्राविधिक, ४ जना भेटेरेनरी प्राविधिक, ३ जना सबइन्जिनियर गरी ३१ जना कर्मचारी करारमा भर्ना गर्न लागेको निमित्त प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण शाहले जानकारी दिनुभयो ।