हिमपातका कारण बाटो निर्माण कार्य अबरुद्ध

५ बर्ष अघि

२0७५ पुष ८ आईतवार

हिमपातका कारण बाटो निर्माण कार्य अबरुद्ध

ललित सामन्त, पुस ८ दार्चुला । दार्चुला जिल्लाको उत्तर पश्चिमी क्षेत्रमा पर्ने व्यासँ गाउँपालिकाको वडा नम्बर १ छाङरुबाट कालापानी सम्म पुग्ने घोरेटो बाटो निर्माणको काम हिमपातका कारण अबरुद्ध भएको छ । 
व्याँस गाउँपालिकाको ६ लाख रुपैँयाको बजेटबाट निर्माण गरिन लागेको उक्तबाटो निर्माणको काम ८० प्रतिशत पूरा भएको छ । गत असोज २९ गतेबाट बाटो निर्माणको काम सुरु गरिएको बाटो निर्माण समितिका अध्यक्ष मनबीरसिह ऐतवालले जानकारी दिनुभयो ।

छाङरु देखि कालापानी सम्मको झण्डै १३ किलोमिटर क्षेत्रमा निर्माण गरिन लागेको घोरेटो बाटोको काम एकहप्ता देखि बन्द भएको हो । व्याँस क्षेत्रमा हिमपात भएका कारण त्यस क्षेत्रका स्थानी दार्चुला सदरमुकाम खलंगा बसाई सराइ गरेपछि बाटो निर्माणको काम पनि बन्द भएको ब्याँस गाउँपालिकाका प्राविधिक गोपीचन्द बुढाथोकीले जानकारी दिनुभयो । कालापानी सम्म पुग्ने बाटो निर्माणको बाँकी काम आगामी बैशाखमा गरिने छ । नेपाल तर्फबाट कालापानीसम्म पुग्ने बाटो नभएपछि चालु आर्थिक बर्षको बजेटबाट सो क्षेत्रमा बाटो निर्माण गरिन लागेको व्यँस गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले जानकारी दिनुभयो ।