जिल्ला प्रहरी कार्यालयको सार्वजनिक सुनुवाई (फोटो फिचर)

५ बर्ष अघि

२0७५ पुष ८ आईतवार

जिल्ला प्रहरी कार्यालयको सार्वजनिक सुनुवाई (फोटो फिचर)

दृष्टिकोण समाचार, पुस ८ दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाले आईतबार सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ । चालु आर्थिक बर्ष २०७५÷७६ को प्रथम चौमासिकमा जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । 


जिल्ला सदरमुकाम खलंगाको राधाकृष्ण चोकमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा एक दर्जन सहभागिहरुले जिज्ञासा तथा सुझावहरु राखेका छन् । विषेश गरी जाँड रक्सी नियन्त्रण, लागु औषध नियन्त्रण, आत्महत्याका घटनाहरुमा कमी ल्याउनु पर्ने, सार्वजनिक यातायातलाई थप व्यवस्थित गर्नु पर्ने, लगायतका सल्लाह सुझावहरु आएका छन् ।

 जिल्लामा प्रहरीले गरिरहेको शान्ति सुरक्षाको पक्ष सकारात्मक भएको र यसलाई अझै सुधार गर्नु पर्ने बारेमा सहभागिहरुले सुझाव दिएका छन् । सहभागिहरुबाट उठेका जिज्ञासाहरुमा जिल्ला प्रहरी प्रमुख नवराज अधिकारीले जवाफ दिनुभएको छ । साथै प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जिल्लाको अन्य शान्ति सुरक्षाको बारेमा जानकारी दिनुभएको छ ।