किसानको बारीमै उत्पादन तथा बजारीकरण सम्बन्धी तालिम

५ बर्ष अघि

२0७५ पुष ७ शनिबार

किसानको बारीमै उत्पादन तथा बजारीकरण सम्बन्धी तालिम

दृष्टिकोण समाचार, पुस ७ दार्चुला । दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर एक भगवतीमा किसानकै बारीमा कृषि तालिमको आयोजना गरिएको छ । युएसआइडीको आर्थिक र सिआरडिएस पहल कार्यक्रमको प्राविधिक सहयोगमा कृषकहरुको क्षमता अभिबृद्धि तथा बजारीकरणका बारेमा छलफल गरिएको छ । पहल कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक कृष्णसिह ठगुन्ना, कृषि प्राविधिक जमन बडाल, पुलेन्द्र कार्की र सरस्वती जोशीको उपस्थितिमा भगवतीका दुई दर्जन कृषकहरुको सहभागितामा कृषि सम्बन्धी समसामयिक छलफल गरिएको पहल कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक कृष्ण ठगुन्नाले जानकारी दिनुभयो । कार्यक्रममा कृषि उपज संकलन समितिका पदाधिकारीहरुको क्षमता अभिबृद्धि तथा बजारीकरणका बारेमा पहल कार्यक्रमले गर्ने क्रियाकलाप र सहयोगका बारेमा कृषकहरुलाई कार्यक्रम संयोजकले जानकारी गराएका थिए । दार्चुला जिल्लामा  सञ्चालित पहल कार्यक्रमले कृषि क्षेत्रको विकास र विस्तारका लागि सहयोग तथा सहकार्यका काम गर्दै आईरहेको छ ।