लौंङ्र्गीक हिंसा न्युनिकरणमा सबैले हातेमालो गर्नु आवश्यक 

५ बर्ष अघि

२0७५ पुष ७ शनिबार

लौंङ्र्गीक हिंसा न्युनिकरणमा सबैले हातेमालो गर्नु आवश्यक 

दृष्टिकाेण समाचार पुष ७, दार्चुला । जिल्लामा हुने विभिन्न हिंसाहरुको न्युनिकरणका लागि सबै दार्चुला बासिले एक भएर लाग्नु पर्ने कुरामा जोड दिएका छन । जिल्लामा हुने हिंसा  न्युनिकरणका लागि लौंगिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रम्मा जिल्ला समन्य समिति दार्चुलाका  प्रमुख करविर बहादुर कार्कीले दार्चुला जिल्लालाई हिंसा मुक्त जिल्ला बनाउनमा सबैको भुमिका रहने भएकाले एकजुट भएर अगाडि बढन आग्रह गरेका छन । दार्चुला जिल्लामा शान्ती सुरक्षा लगायत हिंसामा पनि न्युनिकरण गर्नका लागि आयोजना गरिएको कार्यक्रममा विभिन्न खालका हिंसाहरु समाजमा भईरहने भएकाले अवका दिनमा लौंगिक हिंसा नियन्त्रण सञ्जाल समितिले काम गर्ने भएकाले जसरी दार्चुलामा समुदाय प्रहरी कार्यक्रम सञ्चालन गरयौ त्यसरी नै महिला हिंसा नियन्त्रण कार्यसमिति पनि लागुन गर्ने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायवउपरिक्षक नवराज अधिकारीले जानकारी िदएका छन ।  जिल्लामा रहेका सरोकावाला निकायहरुको उपस्थीतिमा प्रहरी साँझेदारी कार्यक्रम जस्तै लौङ्गीक हिंसा विकारुद्धको समिति गठन प्रकृया जिल्ला भरि रहेक स्थानिय तहहरुमा समेत समिति गठन गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । कार्यक्रममा जिल्ला स्थति सम्पुर्ण सारोकारवाला निकायका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।