फोहर व्यवस्थापन गर्न सडक नाटक पर्दशनी

५ बर्ष अघि

२0७५ पुष ७ शनिबार

फोहर व्यवस्थापन गर्न सडक नाटक पर्दशनी

सुलोचना महता पुस ७ दार्चुला । दार्चुला जिल्ला सदरमुकाममा रहेको महाकाली नगरपालिकाले गएको विहीबार देखि फोहरमैला व्यवस्थापन गर्नका लागि सडक नाटक पर्दशनी सञ्चालन गरेको छ । नगरबासीहरुलाई फोहरमैला व्यवस्थापन बारे नाटकको माध्यमबाट जनचेतना दिने उद्देश्यले सडक नाटक प्रर्दशनी गरेको महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले बताउनु भयो । सडक नाटक सदरमुकाम खलंगा बजार क्षेत्र भित्र सञ्चालन भइरहेको महाकाली नगरपालिकाका प्रबत्ता पुष्कर राज जोशीले बताउनु भयो । नगरपालिकाले हाल सम्म बङ्गाबगडको जीप पार्क देखि बङ्गाबगडको चौराहा लगायत राधाकृष्ण चोकमा सडक नाटक पदर्शनी गरेको छ । नगरपालिकाले बजार क्षेत्र रहेको बङ्गाबगड देखि गल्फै रहेका टोलटोलमा तथा विद्यालय क्षेत्रमा समेत जनचेतना फैलाउन सडक नाटक प्रदशर्नी गरिने महाकाली नगरपालिकाका प्रबत्ता जोशीले बताउनु भयो । महाकाली नगरपालिकाको आयोजनामा भएको सडक नाटक प्रर्दशनीमा दार्चुली नाट्य समुहले सहयोग गरेको छ । सडक नाटकका पात्रहरु बुवा उपेन्द्र सिँह ठगुन्ना, आमा मानमति खाती, छोरा सन्तोष सिँह ठगुन्ना, बुहारी बबिता कुवँर, नाती गजेन्द्र सिँह ठगुन्ना र पर्यटकमा धर्मेन्द्र डडाल रहेका छन् ।  डम्पीङ साइडको अवलोकन भ्रमण गर्नको लागी नगर प्रमुख हंशराज भट्ट नेतृत्वको टोली वालीङ हुदै धनकुटा  गएर फोहोर व्यवस्थापनको बारेमा पनि खोज अनुसंधान गरेकाे नगरपालिकाले जनाएकाे छ । महाकाली नगरपालिकाले पुस १ गते देखि जाेरबिजाेर प्रणाली समेत लागु गरी  विभिन्न कार्यक्रम गरेर फोहोर व्यवस्थापनमा लागेकाे छ ।