चारबुँदे माग लिएर महकाली बाढी पीडित गृहमन्त्रालयमा 

५ बर्ष अघि

२0७५ पुष ६ शुक्रबार

चारबुँदे माग लिएर महकाली बाढी पीडित गृहमन्त्रालयमा 

ललित सामन्त, पुस ६ दार्चुला । २०७० साल असारमा महाकाली नदिमा आएको बाढीबाट पीडित भएका परिवारहरुलाई हालसम्म राहत र पुर्नस्थापन नहुँदा बाढी पीडितहरुको आँशा अझै मरेको छैन् ।
तत्कालिन अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले घोषणा गरेको राहत रकम र ततपश्चात विभिन्न ठाउँबाट केन्द्रीय विपद् व्यवस्थापन समिति र प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम पनि हालसम्म नपाएको भन्दै पुनः शुक्रबार दार्चुलाबाट निर्वाचित सांसद गणेशसिह ठगुन्नाको नेतृत्वमा दार्चुला बाढी पीडित संघर्ष समितिका पदाधिकारीहरुले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएका छन् । 
पीडितहरुलाई सहुलियत रिण उपलब्ध गराउनु पर्ने, पीडित परिवारको एक सदस्यलाई रोजगारी दिलाउनु पर्ने, प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम पीडितहरुलाई उपलब्ध गराउनु पर्ने लगायतका माग राखिएको छ । महाकाली नदीमा आएको बाढीका कारण दार्चुला जिल्लामा १ सय ३५ परिवारको पूर्ण रुपमा घरजग्गा क्षती भएको थियो भने १७ वटा सरकारी कार्यालयमा क्षति भएको थियो ।