दार्चुलामा हवल्दार तथा जवान प्रहरी अनुशिक्षण सम्पन्न

५ बर्ष अघि

२0७५ पुष ६ शुक्रबार

दार्चुलामा हवल्दार तथा जवान प्रहरी अनुशिक्षण सम्पन्न

 

 

सुलोचना महता, पुस ६ दार्चुला । राष्टिय प्रहरी प्रतिष्ठान महाराजगंज काठमाण्डौको तत्वाधानमा  जिल्ला प्रहरी कार्यालय दार्चुलामा हवल्दार तथा प्रहरी जवान लक्षित गरी विशेष अनुशिक्षण (घुम्ती प्रशिक्षण) कार्यक्रम सम्पन्न भएकाे छ ।  यही पुस १ गते देखि ६ गतेसम्म   जिल्ला प्रहरी कार्यालय दार्चुलामा संचालित ६   दिने कार्य अवधीको  “भिड नियन्त्रण बिशेष अनुशिक्षण” तालिम अाज सम्पन्न भएकाे छ । भिडकाे मनाेविज्ञान, बलकाे प्रयाेग, भिड नियन्त्रणमा मानव अधिकार लगायत भिड नियन्त्रण सम्बन्धी जानकारी गराउने उद्देश्यले तालिम शुरु गरिएकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी हिक्मत बहादुर बाेहराले बताउनु भयाे । प्रमुख जिल्ला अधिकारी खुमकान्त अाचार्यकाे प्रमुख आतिथ्यमा, प्रहरी नायव उपरीक्षक ‍‍‍नवराज अधिकारी, प्रशिक्षकहरु तथा प्रशिक्षार्थीहरु लगायत कर्मचारीको उपस्थितिमा भिड नियन्त्रण विशेष अनुशिक्षण सम्बन्धी तालिम समापन भएको हाे । तालिममा प्रशिक्षकहरु सुदुरपश्चिम पदेशबाट २ जना र जिल्ला प्रहरी कार्यालय दार्चुलाका २ जना रहनुकाे साथै प्रशिक्षार्थीहरुमा प्रहरी हवल्दार‍‍‍ ४ र प्रहरी जवान ३८ जना गरी जम्मा ‍‍‍‍४२ जना प्रहरी कर्मचारीको उपस्थिति रहेकाे थियाे ।