दार्चुलाका २ सय २ गैरसरकारी संस्था खारेज (सुचि सहित)

५ बर्ष अघि

२0७५ पुष ६ शुक्रबार

दार्चुलाका २ सय २ गैरसरकारी संस्था खारेज (सुचि सहित)

दृष्टिकोण समाचार, पुस ६ दार्चुला । दार्चुला जिल्लामा दर्ता भएका २ सय २ गैरसरकारी संस्थाहरु खारेज गरिएका छन् । जिल्ला प्रशासन कार्यालय दार्चुलामा आज बसेको बैठकले ३ बर्ष पहिलेबाट नविकरण गर्न बाँकी रहेका संस्थाहरु खारेज गरेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवरले जानकारी दिनुभयो ।


दार्चुला जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका झण्डै चारसय संस्थाहरुमध्ये नविकरण नभएका उक्त संस्थाहरु खारेज गरिएका हुन् । यो भन्दा पहिले संस्था नविकारणका लागि तीन पटक सम्म ३५ दिने सूचना जारी गरिएको भएपनि यी संस्थाहरु सम्पर्कमा नआएपछि खारेजी गरिएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिनुभयो ।