महिलाहरु आत्मनिर्भर बन्दै यस्तो छ व्यवसाय

५ बर्ष अघि

२0७५ पुष ६ शुक्रबार

महिलाहरु आत्मनिर्भर बन्दै यस्तो छ व्यवसाय

सुलोचना महता, पुस ६ दार्चुला । दार्चुला जिल्लामा सधैँ चुलोचौको सम्हालने तथा घरायसी कामधन्दामा मात्र सीमित हुने महिलाहरु विभिन्न सीप सिकेर आत्मनिर्भर बन्दै गएका छन् ।
गासँ, बास,कपास देखि आर्थिक रुपमा परनिर्भर रहदैँ आएका महिला हिजोआज विभिन्न सीप सिकेर स्वाबलम्बी बन्दैँ गइरहेका छन् । महिलाहरु दैनिक काम गर्ने देखि लिएर व्यापार तथा व्यवसाय गर्न समेत सक्षम बनेका छन् । आयआर्जन हुने, फुर्सदको समय सदुपयोग हुने लगायत बेरोजगारी भएर बस्नु नपर्ने जस्ता फाइदाहरुले गर्दा महिलाहरुले सिलाई कटाइ गर्ने, स्वइटर बुन्ने, बाख्रा पालन गर्ने लगायत खुद्रा पसल सञ्चालन गर्ने पेशा अंगालेको पाइन्छ । विगत एक वर्षदेखि जिल्ला सदरमुकाम खलंगा बजारको महाकाली नगरपालिका वाड नम्बर ४ बङ्गागाबगडमा खुद्रा पसल तथा स्वीटर बुन्ने व्यवसाय सञ्चालन गर्दै आएका पार्वती भण्डारीले उक्त व्यवसायबाट आत्मनिर्भर हुन सफल बनेकि हुन। 
छोराछोरीलाई राम्रो शिक्षा दिनका लागि व्यासँ गाउँपालिकाको सुन्सेराबाट सदरमुकाममा बसि भण्डारीले फुर्सदको समयको पनि सदुपयोगमा ल्याउन व्यवसाय सञ्चालन गरेको उनले  बताएकी छिन् । भण्डारीले मासिक रुपमा ५० हजार जति आम्दानी गर्ने गरेकी छिन् । भण्डारी भन्छिन् आफुले सञ्चालन गरेको स्वीटर बुन्ने व्यवसायबाट घरधन्दा सञ्चालनमा सहयोग पुग्नुको साथै अन्य महिलाहरुलाई समेत प्रेणा मिलेको छ । भण्डारीले स्वीइटर बुन्ने मात्र नभएर महिलाहरुलाई समेत स्वीटर बुन्ने तालिम दिने गरेकी छिन् । महिलालाई अवसर दिएपछि महिलाहरु समेत आत्मनिर्भिर बन्न सक्ने उहाँले बताउनु भयो । 
त्यस्तै सिलाई कटाइको कामले महाकाली नगरपालिका वाड नम्बर ४ बस्ने अमिना महरालाई आत्मनिर्भर बनाएको छ । आफ्नो हालमा सीप भएपछि महिलाहरु पनि आत्मनिर्भर बन्नुको साथै राम्रो कमाइ समेत गर्न सक्ने महाराले बताउनु भएको छ । 
आफ्नै हातमा सीप भएकाले हाल उनले मासिक रुपमा ३० हजार जति आम्दानी हुने गरेको महराले बताउनु भयो । खलंगा बजारमा थुपैँ पसल तथा व्यवसायहरुमा महिला संलग्न रहेका छन्  । साथै ग्रामीण भेगका महिलाहरुले पनि गाउँघरमा बाख्रा पालन, तरकारी खेती, दाउरा बिक्री गर्ने लगायतका जडीबुटी संकलन जस्ता काम गरेर आत्मनिर्भर बनिरहेका छन् । दार्चुलाका महिलाहरु आत्मनिर्भर बन्दैँ गएपछि उनीहरुको जीवनमा थोरै भएपनि खुसीया छाएको छ ।