उपभोक्ता व्यवस्थापन सम्बन्धी तीनदिने तालिम सञ्चालन

५ बर्ष अघि

२0७५ पुष ६ शुक्रबार

उपभोक्ता व्यवस्थापन सम्बन्धी तीनदिने तालिम सञ्चालन


सुलोचना महता, पुस ६ दार्चुला । शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा बिहीबार देखि तीन दिने उपभोक्ता व्यवस्थापन सम्बन्धी तालिम शुरु भएको छ  । खानेपानी तथा सरसफाई योजनामा लेखा व्यवस्थापन सम्बन्धी जानकारी गराउने उद्देश्यले तालिम शुरु भएको अपीहिमाल गाउँपालिकाका फिल्ड संयोजक पानसिँह धामीले बताउनु भएको छ  । तालिममा उपभोक्ताहरुले योजनाका लागि सामग्री खरिद गर्ने प्रक्रिया लगायत समितिको भुमीका  लगायत लेखाजोखा बारेमा प्रशिक्षार्थीहरुलाई बताइएको बताएका छन्  । अपीहिमाल र मार्मा गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालन भएको तालिममा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना दार्चुलाले सहयोग गरेको छ । तालिममा अपीहिमाल गाउँपालिका १० जना र मार्मा गाउँपालिकाबाट १५ जना सहभागी थिए ।