निर्मला पन्त हत्या प्रकरण : काठमाडौंबाट २२ वर्षीय युवक पक्राउ

६ बर्ष अघि

२0७५ बैशाख १५ शनिबार

निर्मला पन्त हत्या प्रकरण : काठमाडौंबाट २२ वर्षीय युवक पक्राउ

दृष्टिीकोण समाचार मंसिर१९ दार्चुला ।

 कञ्चनपुरको भीमदत्तनगर–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एक जना युवा काठमाडौंबाट पक्राउ परेका छन् ।निर्मलाको शव फेला परेको दिन (साउन ११ गते) घरबाट बाहिरिएका एक युवक काठमाडौंमा पक्राउ परेका हुन् ।लागू औषध र दुव्र्यसनीमा संलग्न रहेका ती युवामाथि प्रहरीले पहिले नै आशंका गरेको थियो । तर, परिवारका सदस्यले उनी भारत गएको बताएका थिए ।प्रहरीले भारतमा समेत उनको खोजी गरिराखेको थियो । मंगलवार साँझ ती युवा काठमाडौंमा फेला परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो ।प्रहरी स्रोतका अनुसार २२ वर्षीय ती युवाको डिएनए परीक्षणका लागि प्रहरीले नमूना समेत शंकलन गरिसकेको छ ।‘निर्मलाको हत्या र बलात्कारको घटनामा उनी कुनै न कुनै भूमिकामा संलग्न रहेको आशंका हामीलाई पहिलेदेखि नै थियो,’ प्रहरी स्रोतले भन्यो, ‘परिवारका सदस्यले उनी भारत गएको भनेका थिए । सोहीअनुसार हामीले खोजी पनि गरेका थियौं । मंगलवार साँझ काठमाडौंबाट पक्राउ परेका छन् ।’ प्रहरीले पक्राउ परेका युवाको नाम गोप्य राखेको छ ।