अनुसन्धान गर्न नेपाल प्रहरीले ल्यायो अत्याधुनिक भ्यान, के–के छ सुविधा

५ बर्ष अघि

२0७५ पुष ६ शुक्रबार

अनुसन्धान गर्न नेपाल प्रहरीले ल्यायो अत्याधुनिक भ्यान, के–के छ सुविधा

दृष्टिकोण समाचार पुस ६ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धानका लागि अत्यावश्यक आधुनिक उपकरण जडान गरिएको मोबाइल फोरेन्सिक इन्भेष्टिकेशसन भ्यान प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच महानगरीय प्रहरी अपराध महाशाखा, टेकुलाई हस्तान्तरण गरेका छन् । प्रहरी महानिरीक्षक खनालले महानगरीय प्रहरी अपराध महाशाखा, टेकुका प्रमुख प्रहरी वरीष्ठ उपरीक्षक धिरजप्रताप सिंहलाई उक्त भ्यानको चाबी हस्तान्तरण गर्दै संगठनलाई साधन श्रोत तथा प्रविधि युक्त बनाउन संगठनको प्राथमिकता रहेको बताउँदै यस्ता साधन श्रोतको उचित प्रयोग हुनुपर्ने समेत बताए । कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले जनताको अपेक्षा अनुरुप प्रहरी सेवा प्रदान गर्न सम्पूर्ण प्रहरी कर्मचारीले निष्पक्ष, इमान्दारीता एवम् निष्ठापूर्वक उच्च मनोबलका साथ काम गर्नुपर्ने उल्लेख गर्दै यस्ता प्रविधिहरुलाई प्रदेशहरुमा पनि विस्तार गर्दै लैजाने बताए ।

साथै उनले अनुसन्धानमा खटिने प्रहरी अधिकृतहरुले यस्ता प्रविधिको जिम्मेवारी पूर्वक समूचित प्रयोग गर्न निर्देशन समेत दिए । उक्त अवसरमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान तथा कार्य विभागका तर्फबाट प्रहरी नायब महानिरीक्षक सुर्यप्रसाद उपाध्यायले कार्यक्रम सम्बन्धी संक्षिप्त विवरण एवं मोबाइल फोरेन्सिक इन्भेष्टिकेशसन भ्यानको महत्व सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान तथा कार्य विभागले अपराध अनुसन्धानलाई थप प्रभावकारी र वैज्ञानिक बनाउने उद्देश्य अनुरुप क्राइम एक्सन अन्तर्गत आर्थिक बर्ष २०७४र०७५ को बजेटबाट उक्त भ्यान खरिद गरिएको जानकारी दिए । ९६ लाखमा खरिद गरिएको उक्त मोबाइल फोरेन्सिक इन्भेष्टिकेशसन भ्यानमा जनरल क्राइम स्किन, इन्भेष्टिकेशन किट, डिएनए स्याम्पल, प्रमाण संकलन उपकरणलगायतका ४५ लाख रुपैयाँ बराबरका विभिन्न १६ प्रकारका  मोबाइल फोरेन्सिक इन्भेष्टिकेशसन किट जडान गरिएका छन्  । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राई, प्रहरी नायब माहनिरीक्षकहरु लगायत उच्च प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।