पत्रकारहरु संग अन्तरक्रिया कार्यक्रम

५ बर्ष अघि

२0७५ पुष ५ बिहीबार

पत्रकारहरु संग अन्तरक्रिया कार्यक्रम

सर्मिला धामी, पुस ५ दार्चुला ।  सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले दार्चुलामा क्रियाशिल पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम गरेका छन ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री सुवेदिले दार्चुला जिल्लामा निर्माण गरिन लागेको योजना तथा कार्यक्रमहरुलाई दिगो बनाएर सधै आफनोत्वको भावनाका साँथ गाँउको बिकासमा जुटन निर्देशन दिएका थिए । समाजिक बिकास मन्त्रालयबाट सञ्चालनमा रहेका योजना तथा कार्यक्रमहरुको बजेटलाई सहि ठाँउमा प्रयोग भए नभएको मुल्याङन गरि समाचार संकलन गरि सबैलाई जानकारी गराउन पत्रकारहरुलाई आग्रह गरेका छन ।   त्रिदेशीय सीमा नाका रहेको जिल्लालाई विकास गर्नका लागि सबै समाजसेवी, उपभोक्ता लगायत जनप्रतिनिधिहरुले बजेटको सदुपयाेग गर्नु पर्ने समेत बताएका  छन । 

मन्त्री सुवेदिले दार्चुला जिल्ला शिक्षा, स्वास्थ्य लगायका क्षेत्रमा अरु जिल्लाको तुलनामा अगाडी भएपनि  अझैपनि ग्रामिण क्षेत्रकाे विकास हुन नसकेकाेमा  स्थानीय तहस‌ंग हातेमालो गरि विकासका कुरालार्इ जाेड दिन पत्रकारहरुको भुमिका महत्वपुर्ण रहेकाे समेत  बताएका छन् । कार्यक्रममा जिल्लामा रहेका  कृयासिल पत्रकारहरुको सहभागितामा  भएकाे थियाे ।