स्वास्थ्य क्षेत्रको विकासका लागि मन्त्रीे सुवेदीले २० लाख सहयोग गर्ने  

५ बर्ष अघि

२0७५ पुष ५ बिहीबार

स्वास्थ्य क्षेत्रको विकासका लागि मन्त्रीे सुवेदीले २० लाख सहयोग गर्ने  

ललित सामन्त,पुस ५ दार्चुला । 
सुदुरपश्चिम प्रदेशका सामाजिक मन्त्री कृष्ण सुवेधीको टोलीले जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाको पछिल्लो अवस्थाको बारेमा निरिक्षण गरेका छन् ।  
  जिल्ला अस्पताल दार्चुलाको अनुगमनका क्रममा मन्त्री सुबेधीले जिल्लामा विरामीहरुको अवस्था र जिल्लामा औषधीको अवस्थाबारेमा जानकारी लिनको लागि जिल्ला अस्पताल दार्चुलाको निरिक्षण गरेका हुन ।
 निरिक्षणका क्रममा सामाजिक विकास मन्त्री सुवेधीले विरामीहरुको पछिल्लो अवस्थाबारे जानकारी लिनुका साथै जिल्लामा औषधीहरुको बारेमा जानकारी लिएका छन । चालु आर्थिक वर्षमा प्रदेश सरकारको तर्फबाट जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका लागि रु २० लाख रुपैँया दिने सहयोग गरि स्वास्थ्य क्षेत्रको विकास गर्ने घोषणा समेत मन्त्री सुवेदिले गरेका छन । यस्तै दार्चुलाबाट जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गजेन्द्र दुवालले २०७० सालमा गएको वाढिका कारण जिल्ला अस्पताल दार्चुलाको पुननिर्माण गर्ने माग गर्नु भएको छ । 
यस्तै दक्ष जनशतिm र आवश्यक औषधी उपकरण लगायतका समस्याहरु निरीक्षणमा आएका मन्त्रीहरुसंग माग समेत गरेको  प्रमुख दुवालले बताउनु भयो । निरीक्षणमा सामाजिक विकास मन्त्रीका सदस्यहरु, दार्चुला बाट निर्वाचित प्रदेश सासंद गेल्बु सिह बोहोरा ,स्थानिय तहका जनप्रर्तिनिधिहरु, प्रमुख जिल्ला  खुमकान्त आर्चाय ,सुरक्षा निकायका प्रमुख एवम प्रतिनिधिहरु लगायत संञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।