देशको समृद्धि र बिकासका लागी भाषण भन्दा काम गरौँ ःमन्त्री सुबेदि

५ बर्ष अघि

२0७५ पुष ५ बिहीबार

देशको समृद्धि र बिकासका लागी भाषण भन्दा काम गरौँ ःमन्त्री सुबेदि

सर्मिला धामी पाैष ५ , दार्चुला 
सुदुरपश्चिम प्रदेश लगायत देशको विकासका लागि सबै क्षेत्रका व्यतिहरुले भाषण भन्दा पनि काम गर्नु पर्ने कुरामा समाजिक बिकास मन्त्री कृष्ण सुवेदिले जोड दिएका छन । 
कुरीति विरुदृ स्थानीय धामीझाक्री पुरोहितसंगको अन्तरक्रीया कार्यकममा शुभकाना दिदै मन्त्री सुवेदिले दार्चुला जिल्लामा रहेका विभिन्न कु संस्कृति र कुप्रथाको अन्य गर्नका लागि संघ, प्रदेश र स्थानिय सरकारले एक ढिक्का भएर काम गरेमा समाजको परिर्वत गर्न सकिने बताउनु भयो । हाम्रो समाजमा रहेका बिकृतिको अन्तयका लागि समाजका सबै अगुवाहरुले हातमा हात मिलाएर जानु  अावश्यक रहेकाे  मन्त्री  सुवेदिले बताउनु भयो । दार्चुला जिल्लामा कुरीति विरुदृ स्थानीय धामीझाक्री पुरोहितसंग बुधबार अन्तरकृया कार्यक्रम गरिएको हो । समाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा दार्चुला जिल्ला लगायत सुदुर पश्चिमका ९ वटै जिल्लामा रहेका कुरीति अन्यका लागि अन्तर कृया कार्यक्रमको आयोजना गरिएको महिला बिकास अधिकृत कमला सहीले बताउनु भयो । 


दार्चुला जिल्ला लगायत सुदुर पश्चिममा अझैपनि छुवाछुत, जातिय भेदभाव, विरामि हरदा धामी झ्र्ँक्री प्रर्तिको अन्धविश्वास कायमै रहेकाले अवका दिनमा यस्को अन्य गर्न सुदुरपश्चिम प्रदेश भरि जनचेता मुलक कार्यक्रमहरु गरिन लागेको अधिकृत साहीले बताउनु भयो ।  कार्यक्रममा दार्चुला जिल्ला क्षेत्रनंम्बर एकका प्रदेश सभासद गेल्बु सिह बोहरा, नौगाड गाँउपालिका अध्यक्ष प्रेम सिह धामी लगायत जनप्रर्ति निधिहरु सहित दार्चुला जिल्ला भरि रहेका धामी झाँक्रीहरुको सहभागिता रहेको छ । 
उक्त कार्यक्रममा लैङगिक हिंसाको र्वतमान अवस्था र न्युनिकरणमा कानुनि प्रावधान , कुप्रथा परम्पराको पहिचान गरि सरोकार वाला संग भावी कार्य दिशाका लागी  सुझाव संकलन गर्ने उद्देश्यले  कार्यक्रमको आयोजना गरिएको हो ।