मालिकार्जुन हुनैनाथ मन्दिरमा (जगेनी ) जात्रा विधिवत रुपमा सम्पन

५ बर्ष अघि

२0७५ पुष ५ बिहीबार

मालिकार्जुन हुनैनाथ मन्दिरमा (जगेनी ) जात्रा विधिवत रुपमा सम्पन

ललित सामन्त,पुस ५ दार्चुला ।
दार्चुलाको महाकाली नगरपालिका वार्ड नम्बर ३ बाजमा रहेको श्री मालिकार्जुन हुनैनाथ मन्दिर (जगेनी ) जात्रा विधिवत रुपमा सम्पन भएको छ । 
मंसिर शुक्ल दुवादशीको दिनमा हुने उतm जात्रा स्थानिय संकृतिहरुको पहिचान स्वरुप विधिपुर्वक रुपमा सम्पन्न भएको महाकाली नगरपालिका वार्ड नम्बर ३ का वडा अध्यक्ष पदम सिह महराले बताउनु भयो । विगत एक दर्शक  देखि लाग्न नसकेको जात्रा मंगलबार १३ वर्षपछि मात्रै लागेको हो ।पहिलो पटक २०५७ सालमा जात्रा लागेको थियो भने त्यसपछि २०६३ सालमा पनि दोस्रो पटक र २०७५ पुस ४ र ५ गते उक्त जात्रा सम्पन्न भएको छ  । यो जात्राका लागि अरु जात्राहरु भन्दा फरक रहेको छ । निम्तो दिएका कुनै पनि स्थानमा मान्छेको मृत्यु भएमा जगेनी जात्रा नहुने र सबैतिर सुख शन्ती भएमा मात्रै जगेनी जात्रा हुने मन्दिरका पुजारी खडक सिह महराले बताउनु भयो ।
बुधबार सम्पन्न  जगेनी जात्राका लागि १५ दिन अगाडी देखिनै मन्दिरको तर्फबाट निम्तो दिने र मन्दिरको निम्तोलाई स्वीकार मानेर आउने भक्तmजनहरुलाई मन्दिर व्यवस्थापन समितिबाट स्वागत गरि भोलिपल्ट उनिहरुलाई खाना खुवाएर पठाउने प्रचलन रहिआएको मुखिया महराले बताउनु भयो ।  मन्दिरमा आउने गरर्खालहरुलाई  धामी झाक्रीले बरदारन दिने र गरर्खालहरु घर फर्किने बेला गरर्खालका तर्फबाट आएका धामी झाक्रीहरुले बरदान माग्ने प्रचलन रहिआएको छ ।