बस दुर्घटना गराउने सवारी चालक जेलचलान

५ बर्ष अघि

२0७५ पुष ४ बुधबार

बस दुर्घटना गराउने सवारी चालक जेलचलान

सुलाेचना महता, पुस ४ दार्चुला ।

जिल्ला अदालत दार्चुलाले मालिकार्जुन गाउँपालिका वाड नम्बर ३ तेर्छालेकमा भएको मिनिबस दुर्घटनाका सवारी चालक हरिश चैसिरलार्इ पुर्बपक्षका लागि अाज थुनामा पठाएकाे छ । गाडी दुर्घटना पछि फरार रहेका चैसिरलाई मंसिर ८ गतेका दिन प्रहरीले जौलजिबीबाट पक्राउ गरेको थियो । दार्चुला जिल्ला मालिकार्जुन गाउँपालिका वाड नम्बर ३ मा रहेकाे राष्ट्रकै सातौँ धाम मानिने मालकार्जुुन मन्दिरमा लागेकाे  रात्री पुजन जात्रा हेरेर फर्केर आउने क्रममा पवनदुत यातायातको म १ ख ४३६ नम्बरको मिनी बस दुर्घटना भएकाे थियाे । उक्त बस दुर्घटनामा परि २ जनाको मृत्यु भएको थियो भने ७ जना घाईते भएका थिए ।