पर्यटन पर्बद्धनका लागि ब्याँस गाउँपालिकाले आधा करोड खर्च गर्दै

५ बर्ष अघि

२0७५ पुष ४ बुधबार

पर्यटन पर्बद्धनका लागि ब्याँस गाउँपालिकाले आधा करोड खर्च गर्दै

सर्मिला धामी, पुस ३ दार्चुला । दार्चुलाको उत्तर पश्चिम क्षेत्रमा रहेको व्याँस गाउँपालिकाले चालु आर्थिक बर्षमा पर्यटन क्षेत्रको विकासका लागि भन्दै ५५ लाख रुपैँया बजेट बिनियोजन गरेको छ । पर्यटन विकासका लागि विभिन्न भौतिक निर्माण र प्रचार प्रसारका लागि चालु आवमा उक्त बजेट खर्च गरिने व्याँस गाउँपालिकाले जनाएको छ । व्याँस गाउँपालिका पर्यटकीय दृष्टिकोणले एकदमै रमणीय ठाउँ रहेकाले व्याँस क्षेत्रमा  आउने आन्तरिक र बाह्य पर्यटकहरुको सहजताका लागि गाउँपालिकाका विभिन्न पर्यटकीय क्षेत्रहरुको विकास र पवद्र्धन गर्ने उद्देश्यले बजेट विनियोजन गरिएको व्यासँ गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले बताउनु भयो ।
ब्याँस गाउँपालिकाले पर्यटकहरुको अवलोकन र अध्ययन गर्न वडा नम्बर ५ र २ मा साँस्कृतिक सङग्राहलय स्थापना गर्न २० लाख रुपँैँयाको बजेट विनियोजन गरेको छ । त्यस्तै  ब्याँस गाउपालिका वाड नम्बर ३ सिना क्षेत्रमा धार्मिक स्थल रहेको क्षेत्र तातोपानी देखि रानीकोट सम्म पदमार्ग निमार्ण गर्न १० लाख बजेट विनियोजन गरिएको छ ।  ब्याँस गाउपालिका वाड नम्बर २ मा रहेको काठा दुमलिङ देखि शिव ताल क्षेत्र सम्म पदमार्ग निमार्णका लागि ५ लाख बजेट विनियोजन गरिएको छ । वाड नम्बर १ छाङरु देखि कालापानी सम्म जाने बाटो निर्माणका लागि ६ लाख रुपैँया, वडा नम्बर १ मा रहेको व्यासँ गुफा क्षेत्र र तिङ्करभञ्ज्याङ सम्म जाने पदमार्ग निमार्ण गर्न  ५÷५ लाख रुपैँया बजेट विनियोजन गरिएको छ । ब्याँस गाउपालिका वाड नम्बर ५ को तिग्रममा रहेको नेपाल भारत झोलुङ्गे पुलमा गेट निर्माणका लागि ४ लाख रुपैँया बजेट विनियोजन गरेको छ ।
ब्याँस गाउँपालिकाले हाल पर्यटन प्रबद्र्धनका लागि काठा दुमलिङ देखि शिव ताल, ब्याँस गुफा र तिङ्कर भञ्ज्याङ क्षेत्रमा निमार्ण कार्य शुरु गरेको छ ।