लेकममा ढुङ्गा लागेर एक जनाको मृत्यु

५ बर्ष अघि

२0७५ पुष ३ मंगलवार

लेकममा ढुङ्गा लागेर एक जनाको मृत्यु

सुलोचना महता, पुस ३ दार्चुला । दार्चुला जिल्लाको लेकम गाउँपालिका वडा नमबर ६ तिउनेगाउँ बस्ने अन्दाजी ५०÷५५ बर्षिया दत्ति नाथको भिरबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ । 
मंगलबार मध्यान्न १२ बजे साहीझगरे भन्ने ठाउँमा बसेको बेला माथिबाट खसेको ढुङ्गा लागेर घाइते भएका नाथको गोकुलेश्वर अस्पताल उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । मृतक नाथको शवलाई आजै आफन्तको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।