समुदाय—प्रहरी साझेदारी कार्यक्रम ः एकसय बढी समिति गठन

५ बर्ष अघि

२0७५ पुष ३ मंगलवार

समुदाय—प्रहरी साझेदारी कार्यक्रम ः एकसय बढी समिति गठन

दृष्टिकोण समाचार, पुस ३ दार्चुला । नेपाल प्रहरीले पछिल्लो समय लागु गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला भरी १ सय २० समिति गठन गरेको छ । २०७५ कार्तिक ११ गते देखि देशभरी सञ्चालनमा ल्याएको “हर प्रहर गाउँ नगरी, टोलटोलमा नेपाल प्रहरी” भन्ने मुल नाराका साथ समुदाय—प्रहरी साझेदारी कार्यक्रम सञ्चालनमा आएपछि हालसम्म उक्त मात्रामा समुदायमा कार्यक्रम गरिएका छन् । 
कार्यक्रम अन्तरगत हाल सम्म ३६ वटा वडामा ५२ वटा टोल र ३२ विद्यालय गरी १ सय २० वटा समिति गठन गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलाका ८ वटा स्थानीय तहहरुमा समिति गठन गरिएका छन् भने अपीहिमाल गाउँपालिकामा समुदाय प्रहरी प्रहरी कार्यक्रम गठन गर्न सकेको छैन् ।