दमकल भएर पनि आगो निभाउन सकिएन, ८० लाख बराबारको क्षती

५ बर्ष अघि

२0७५ पुष ३ मंगलवार

दमकल भएर पनि आगो निभाउन सकिएन, ८० लाख बराबारको क्षती

सुलोचना महता÷ललित सामन्त, पुस ३ दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगा बजारको पुलघाँट क्षेत्रमा पुस २ गते राती आगलागि भयो । तर महाकाली नगरपालिकासँग भएको दमकल प्रयोग गर्न सकिएन । त्यसको मुख्य कारण थियो बाटोघाँटो । जिल्ला सदरमुकाम क्षेत्रमा रहेको गल्फै बजार र तिङ्कर सडकको मोहती क्षेत्रबाहेक अन्य बजार क्षेत्रको भित्री गल्लीमा मोटरसाइकल बाहेक चारपाङ्ग्रे गाडी जाने बाटो छैन् ।
सामान्यतः सात देखि आठ मिटर चौडाइको सडकहूनु पर्ने भएपनि दार्चुला बजारमा त्यो स्थिति छैन् । सात÷आठ मिटर बाटो भएको क्षेत्रमा पनि स्थानीयहरुले सरकारी जमिन मिचेर पक्की घर निर्माण गरेका छन् । सोमबार आगलागि भएको क्षेत्र पुलघाँटमा मात्रै सरकारी जमिन मिचेर चारपाँच जनाले पशल थापेका छन् । 
जिल्ला नापी कार्यालयका सर्वेक्षक एवं सूचना अधिकारी महेन्द्र प्रसाद भट्टका अनुसार ८ आना ३ पैशा ३ दाम जग्गा मिचेर स्थानीय ४÷५ जनाले पशल तथा पक्की संरचनाहरु निर्माण गरेका छन् । पुलघाँटमात्रै नभएर बीच बजार, बंगाबगड र तिङ्करखेडाको बजार क्षेत्रमा बनेका घरहरुले सडकको मापदण्ड मिचेर घर बनाएको घरबाहिर पनि सडक प्रभावित गर्नेगरी पेटी राखेको तथा पेटीहरुमा पनि सामान राखि माथीबाट त्रिपाल विछ्याउँदा मोटरसाइकल हिड्न पनि समस्या हुने गरेको छ । 
तीनबर्ष पहिले महाकाली नगरपालिकाले किनेको बारुण यन्त्र बाटो अभावका कारण प्रयोग विहिन अवस्थामा रहेको छ । जसका कारण भित्री गल्लीमा भएको आगलागी नियन्त्रण गर्न सकिदैन् । सोमबार भएको आगलागि नियन्त्रण गर्न पनि सुरक्षा निकाय र स्थानीयहरुले महाकाली नदिबाट बाल्टीमा पानी बोकेर आगो निभाउँदा ढिलोगरी आगो नियन्त्रण भएको थियो । तर सरकारी जमिन मिच्नेहरुलाई अहिलेसम्म सरकारी निकाय होस या पछिल्लो समय निर्वाचित भएका जनप्रतिनिधीहरुले पनि कुनै खासै पहल गर्न नसकेको स्थानीयले गुनासो गरेका छन् । जसका कारण भएको सामान पनि प्रयोग गर्न सकिएको छैन भने आगामी दिनमा हुने यस्ता विपदहरुको सामना गर्न पनि समस्या हुने देखिएको छ । 
यसैबीच सोमबार भएको आगलागीका कारण बडाल कम्प्लेक्समा ८० लाख बराबारको क्षती भएको प्रहरीले जनाएको छ । दुईतल्लामा रहेको सामान मध्ये पहिलो तल्लाको सबै कपडाहरु जलेर नष्ट भएको छ । पसलमा भएको ¥याक, टिभी, काउन्टर लगायतको सबै समान जलेपछि उक्त क्षती भएको हो । आगलागीको एकीन कारण भने खुल्न सकेको छैन् । तार सट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको र घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरी सूचनाअधिकारी हिक्मतबहादुर बोहराले जानकारी दिनुभयो ।