दार्चुलाको पुलघाँटमा यसरी लाग्यो आगो (फोटो फिचर)

५ बर्ष अघि

२0७५ पुष २ सोमबार

दार्चुलाको पुलघाँटमा यसरी लाग्यो आगो (फोटो फिचर)

दृष्टिकोण समाचार, २ पुस दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगाको घाँटबजारमा रहेको बडाल कम्प्लेक्समा सोमबार राती करिब सवा नौ बजे आगलागि भएको छ ।

महाकाली नगरपालिका वडा नम्बर ४ घाँट बजारमा रहेको पदम बडालको फेन्सी पशलमा आगलागि हुँदा लाखौँ बराबरको सामान जलेर नष्ट भएको छ । 

नेपाल भारत जोड्ने सीमा पुलको नजिकै रहेको छोटी भन्सार कार्यालय र पुलघाँट प्रहरी पोष्ट नजिक रहेको पशलमा आगलागि हुँदा तत्काल नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली तथा स्थानीयको सहयोगमा आगलागि नियन्त्रणमा लिइएको छ ।

आगलागिको एकीन कारण भने खुल्न सकेको छैन । तर पशल भित्रै विजुलीको तार सट भएर आगलागि भएको हुनसक्ने अनुमान गरिएको छ । पशलको माथिल्लो तलामा रहेका सामान भने बचाउन सकिएको छ । 
आगलागि नियन्त्रणका लागि सुरक्षा निकाय र स्थानीयहरुले महाकाली नदिबाट पानी बोकेर आगो निभाएका छन् । झण्डै डेढ घण्टाको प्रयास पछि आगलागि नियन्त्रणमा लिइएको छ । महाकाली नगरपालिकामा तिनचार बर्ष पहिले बारुण यन्त्र दमकल ल्याईएको छ । तर बाटोघाँटो नहुँदा र दमकलको चालक नुहँदा उक्त दमकल प्रयोग विहिन अवस्थामा रहेको छ । अागलागिमा परेकाे पशलका सञ्चालक पदम बडालकाे याे भन्दा पहिले २०७० सालमा महाकाली नदिमा अाएकाे बाढीले बंगावगडमा रहेकाे घर सहित पशल बगाएर पुर्ण क्षति गरेकाे थियाे ।