बत्ती गाउँमा पुग्दा स्थानीय खुसी

५ बर्ष अघि

२0७५ पुष २ सोमबार

बत्ती गाउँमा पुग्दा स्थानीय खुसी


सुलोचना महता, पुस २ दार्चुला । दार्चुला जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर ४ मा बस्ने स्थानीयहरु  बिजुली बत्ती पुगेपछि  खुसी भएका छन् । हाल सम्म बिजुलीको लाइन गाउँमा नपुग्दाँ स्थानीयहरु अध्याँरोमा बस्नु परेको थियो । गाउँमा ढिलै भएपनि बिजुली बत्ती बाल्न पाउँदा स्थानीयहरु खुसी भएको मार्मा गाउँपालिका वडा नम्बर ४ बस्ने दिपेन्द्र बिष्टले बताउनु भयो । 
नेपाल विद्युत प्राधिकरण दार्चुलाले विद्युत लाइन विस्तार गर्दा चमेलिया जलविद्युत आयोजना बलाचँको विद्युत मार्मा गाउँपालिका वाड नम्बर ४ मा पुगेको हो ।नेपाल विद्युत प्राधिकरण दार्चुलाले मार्मा गाउँपालिकामा राष्ट्रिय विद्युत प्रशारण लाइन  पु¥याउनका लागि ९० लाख बजेट छुट्याएको छ ।