अपराध न्युनीकरणका लागि जनचेतनामुलक कार्यक्रम 

५ बर्ष अघि

२0७५ पुष २ सोमबार

अपराध न्युनीकरणका लागि जनचेतनामुलक कार्यक्रम 

 

दृष्टिकोण समाचार पुस २ दार्चुला । दार्चुला जिल्लामा साइबर अपराध सम्बन्धी जनचेतनामुलक कार्यक्रम सोमबार सम्पन्न भएको छ । साइबर अपराधबारे विद्यार्थीहरुलाई जानकारी गराउने उद्देश्यले साइबर अपराध सम्बन्धी जनचेतनामुलुक कार्यक्रम सञ्चालन गरेको इलाका प्रहरी कार्यालय हुतिले जनाएको छ । टोल टोलमा नेपाल प्रहरी, समुदाय —प्रहरी साझेदारी अवधारणा अनुसार इलाका प्रहरी कार्यालय हुतिले उक्त कार्यक्रमको आयोजना गरेको हो ।  
दार्चुला जिल्लाको दुँहु गाउँपालिका वडा नम्बर १ रहेको पिपलचौरी माध्यमिक विद्यालयमा साइबर अपराध सम्बन्धी जनचेतनामुलुक कार्यक्रम सञ्चालन गरी समाजमा हुने अपराधीक कृयाकलाप कम गर्न इलाका प्रहरी कार्यालय हुतिले साइबर अपराध सम्बन्धी  कक्षा ८, ९ र १०मा अध्ययनरर्थ ८०  विद्यार्थीहरुलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।