अबैध घरेलु मदिरा बरामद

५ बर्ष अघि

२0७५ पुष २ सोमबार

अबैध घरेलु मदिरा बरामद

दृष्टिकोण समाचार, दार्चुला
दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ बङगाबगड क्षेत्रबाट अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक प्रदिप कुमार चन्दको नेतृत्वमा खटिएको टोलीले अन्दाजी ५१ लिटर मदिरा बरामद गरी नष्ट गरेको छ । बरामद भएको अवैध घरेलु मदिरा जिल्ला प्रहरी कार्यालय दार्चुलामा पुगाई महाकाली नगरपालिकाका प्रतिनिधि, स्थानीय बुद्धीजीवी तथा  पत्रकारहरुको रोहवरमा आजै नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।