गाँउपालिकाले सुबिधा थप्यो, नयाँ गाडी सञ्चालनमा

५ बर्ष अघि

२0७५ पुष २ सोमबार

गाँउपालिकाले सुबिधा थप्यो, नयाँ गाडी सञ्चालनमा

सुलोचना महता, पुस २ दार्चुला । दार्चुला जिल्लामा रहेको मार्मा गाउँपालिकाले गाडी खरीद  सोमबार देखि सञ्चालनमा ल्याएको छ । कार्यालयको प्रयोजनका लागि निर्वाचित जनप्रतिनिधिहरु तथा कर्मचारीहरु जिल्ला भित्र र जिल्ला बाहिर जानका लागि गाडी खरीद गरेको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले बताउनु भयो । सार्वजनिक खरीद ऐन २०६३ र खरीद नियमावली २०६४ अन्र्तगत रहेर क्याटलक सपिङ कार्यविधि ऐन २०७४ अनुसार ७ दिनको राष्ट्रिय कारोबार दैनिक पत्रिका मार्फत सुचना गरी गाडी खरिद गरेकोे मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पनेरुले बताउनु भएको  छ । मार्मा गाउँपालिकाले ३८ लाख ७० हजार रुपैँयामा एउटा टाटा जेननको ५ सिट भएको चारपाङगे्र गाडी खरीद गरेको छ । गाडी खरीद गरेपछि कार्य सम्पादन गर्न सहजता हुने मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पनेरु बताएका छन् ।