स्थानीय सरकार बलियो हुनु पर्छ ः प्रजिअ आचार्य

५ बर्ष अघि

२0७५ पुष २ सोमबार

स्थानीय सरकार बलियो हुनु पर्छ ः प्रजिअ आचार्य

दृष्टिकोण समाचार, पुस २ दार्चुला । दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जिल्लाका सबै स्थानीय सरकारहरु हरेक किसिमले बलियो हुनु पर्ने बताएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी आचार्यले नेपाल रेडक्रस सोसाईटीले सञ्चालन गरेको विपद व्यवस्थापनका लागि कार्ययोजना निर्माण तालिमको उद्घाटन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । स्थानीय सरकारहरु स्वायत्व भईसकेको अवस्थामा स्थानीय सरकार आफैले विपद् व्यवस्थापनको बारेमा कार्ययोजना निर्माण गर्र्दै विपदको सामना गर्नका लागि काम गर्नु पर्ने अहिलेको आवस्यकता रहेको बताए ।
दार्चुला जिल्ला विभिन्न विपदको जोखिममा रहेको अवस्थामा यहाँका सबै स्थानीय सरकार र सरोकारवाला मिलेर जिल्लाको विपद प्रतिकार्य योजना निर्माणमा प्राथमिकता दिनु पर्नेमा जोड दिनु भएको छ ।