विपद प्रतिकार्य योजना निर्माण सम्बधी तालिम 

५ बर्ष अघि

२0७५ पुष २ सोमबार

विपद प्रतिकार्य योजना निर्माण सम्बधी तालिम 

दृष्टिकोण समाचार, पुस २ दार्चुला । नेपाल रेडक्रस सोसाईटीको आयोजनामा दार्चुलाका जिल्लाको विपद प्रतिकार्य योजना निर्माण सम्बन्धी दुई दिने तालिमको आयोजना गरेको छ । जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको अध्यक्षता र महाकाली नगरपालिकाका उपप्रमुख सुना बोहराको प्रमुख आतिथ्यतामा महाकाली नगरपालिकाको गल्फै स्थित बैशेक इन रिसोर्ट होटेलमा तालिमको उद्घाटन गरिएको हो । 
दुईदिने तालिममा मूख्यगरी बाढी र भुकम्पीय जोखिमका बारेमा विपद प्रतिकार्य योजनाको पुर्वतयारी र उद्दारको बारेमा केन्द्रीत रहनेछ । तालिममा नेपाल रेडक्रस सोसाईटी दार्चुलाका जिल्ला सभापती गोपालसिह महरले स्वागत मन्तव्य राख्नु भएको छ । त्यस्तै तालिमको उद्देश्यका बारेमा श्रोत व्यक्ति पदम बडालले प्रकाश पार्नु भएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामी, व्याँस गाउँपालिकाका उपाध्यक्ष हेमा भट्ट, प्रमुख जिल्ला अधिकारी, तथा महाकाली नगरपालिकाका उपप्रमुख सुना बोहराले शुभकामना मन्तव्य राखेका छन् ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सूचना अधिकारी राजकुमार घिमिरेले सञ्चालन गरेको तालिममा दार्चुला जिल्लाका नौ वटै स्थानीय तहका प्रतिनिधी र सञ्चारकर्मीहरुको सहभागिता रहेको छ ।