नौगाड गाउँपालिकामा जनता बैंकले कारोबार थाल्यो 

५ बर्ष अघि

२0७५ पुष १ आईतवार

नौगाड गाउँपालिकामा जनता बैंकले कारोबार थाल्यो 

दृष्टिकोण समाचार, पुस १ दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा खुलेको जनता बैंकले आजबाट कारोबार सुरु गरेको छ । राज्य पुर्नसंरचना पछि निर्माण गरिएका स्थानीय तहहरुमा बैंक स्थपना गर्ने क्रममा नौगाड गाउँपालिकामा जनता बैंकले आफ्नो शाखा स्थापना गरेको हो । यसैबीच नौगाड गाउँपालिकामा स्थापना भएको बैंकले औपचारिक रुपमा आजबाट सेवा सुचारु गरेको बैंकलाई उदृत गर्दैै नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले जानकारी दिनुभयो । 
आइतबारबाट कारोबार सुरु गरेको बैंकले तीन जनाको खाता खोलेको छ । यसैबीच दार्चुला जिल्लाका नौ वटा स्थानीय तहहरुमध्ये अब व्याँस र अपि हिमाल गाउँपालिकामा बैंक स्थापना हुन बाँकी रहेको छ । हालसम्म दार्चुला जिल्लाका नौ वटा स्थानीय तहहरु मध्ये दुहुँ गाउँपालिकामा इन्भेष्टमेन्ट बैंक, मालिकार्जुन गाउँपालिकामा माछापुच्छ्रे बैँक, लेकममा लक्ष्मी बैंक र मार्मा गाउँपालिकामा सनराइज बैंक स्थापना भईसकेका छन् ।