सवारी दुघर्टना न्युनीकरण गर्न टाइम कार्ड प्रयोगमा

५ बर्ष अघि

२0७५ पुष १ आईतवार

सवारी दुघर्टना न्युनीकरण गर्न टाइम कार्ड प्रयोगमा

सुलोचना महता, पुस १ दार्चुला । दार्चुला जिल्लामा सवारी दुघर्टना न्युनीकरण गर्नका लागि अस्थायी प्रहरी पोष्ट दार्चुलाले आज आइतबार देखि टाइम कार्ड प्रयोग गरेको छ । मंसिर ९ गते जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले टाइम कार्ड प्रयोग गर्ने निर्णय अनुसार आज देखि दार्चुला सदरमुकाम खलंगा देखि गोकुलेश्वर सम्म ७२ किलोमिटर सडक खण्डमा टाइम कार्ड सञ्चालनमा ल्याएको अस्थायी प्रहरी पोष्ट दार्चुलाले जनाएको छ । टाइम कार्ड प्रयोगबाट दुघर्टना न्युनीकरण हुनुको साथै यात्रुहरुले सहजरुपमा यात्रा गर्न सक्ने अस्थायी ट्राफिक प्रमुख लक्ष्मण दत्त भट्टले बताउनु भयो । दार्चुला देखि गोकुलेश्वर सम्म ७२ किलोमिटरमा टाइम कार्ड प्रयोग भएको छ । त्यस्तै दार्चुलाको खलंगा, धाप, दत्तु, शंकरपुर, मालिकार्जुन र गोकुलेश्वरमा रहेको अस्थायी ट्राफिक कार्यलयमा टाइमकार्डको चेक जाचँ हुने भएको छ ।