दार्चुलाका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिने

५ बर्ष अघि

२0७५ पुष १ आईतवार

दार्चुलाका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिने

दृष्टिकोण समाचार, पुस १ दार्चुला । दार्चुला जिल्लाका व्याँस र अपि हिमाल गाउँपालिकाका ३ सय २५ जना जेष्ठ नागरिकहरुलाई पुस १५ गतेभित्र न्यानो कपडा वितरण गरिने भएको छ । नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयबाट दार्चुला जिल्लाका लागि प्राप्त भएको न्यानो कपडा दार्चुला जिल्लाका बढी चिसो हुने क्षेत्र व्याँस गाउँपालिका र अपिहिमाल गाउँपालिका ७५ बर्ष माथिका जेष्ठ नागरिकहरुलाई वितरण गरिने आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ । व्याँस गाउँपालिकाका २ सय ५० र अपिहिमाल गाउँपालिकाका ७५ जनालाई एक कम्बल, महिलालाई साडी र पुरुषलाई जिनकपडा वितरण गरिने प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिनुभयो ।  नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाबाट जिल्लामा सञ्चालित डिपी डिआरआर कार्यक्रम अन्तरगत दार्चुलामा प्राप्त भएको नेपाल रेडक्रस सोसाई जिल्ला शाखा दार्चुलाका सूचना अधिकारी राजकुमार घिमिरेले जानकारी दिनुभयो । 


आजकै बैठकले जिल्लामा नेपाल रेडक्रस सोसाईटी बाटै प्राप्त रबरबोट नेपाल शसस्त्र प्रहरी बल ५० नम्बर गुल्मको जिम्मा दिने निर्णय गर्नुका साथै दार्चुला जिल्लामा सञ्चालित नेपाल रेडक्रस सोसाईटी अन्तरगतकै डिपी डिआरआर कार्यक्रम यहि डिसेम्बरमा सकिन लागेकोले उक्त कार्यक्रम दार्चुला जिल्लामा अझै थप गर्न सरोकारवाला निकायलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।