पाँच महिनामा छोटी भन्सार दार्चुलाबाट ११ लाख राजश्व संकलन 

५ बर्ष अघि

२0७५ पुष १ आईतवार

पाँच महिनामा छोटी भन्सार दार्चुलाबाट ११ लाख राजश्व संकलन 

ललित सामन्त, पुस १ दार्चुला । छोटी भन्सार कार्यालय दार्चुलाले ५ महिनाको अवधिमा ११ लाख ३५ हजार ८ सय २४ रुपँैया राजस्व संकलन गरेको छ । चालु आर्थिक बर्ष २०७५÷७६ मा छोटी भन्सार कार्यालय दार्चुलाले साउन देखि मंसिर सम्म उक्त राजस्व संकलन गरेको छोटी भन्सार कार्यालय दार्चुलाका प्रमुख नरबहादुर बडालले बताउनु भयो । छोटी भन्सार कार्यालय दार्चुलाले साउन महिनामा २ लाख १३ हजार ९ सय ४९ रुपैँया, भदौ महिनामा १ लाख ५७ हजार १ सय ५४ रुपँैया, असोज महिनामा ३ लाख ३० हजार ९ सय १२ रुपैँया, कार्तिक महिनामा ३ लाख ३ हजार २ सय ७९ रुपैँया र मंसिर महिनामा १ लाख ३० हजार ५ सय ३० रुपैँया राजस्व संङ्कलन गरेको हो ।
मूख्य भन्सार कार्यालय झुलाघाँट अन्तरगत रहेको दार्चुला छोटी भन्सार कार्यालयले विषेशगरी भारतबाट आयातित बस्तुहरु निर्माण सामाग्री, चिनी मिश्री, जुत्ता चप्पल, लगायतका बस्तुहरुबाट बढी मात्रामा राजश्व संकलन गरेको हो ।