मार्मा गाउँपालिकामा डिजिटल डिस्प्ले र नोटिस बोर्ड  स्थापना 

५ बर्ष अघि

२0७५ मंसिर २९ शनिबार

मार्मा गाउँपालिकामा डिजिटल डिस्प्ले र नोटिस बोर्ड  स्थापना 

सुलोचना महता, मंसिर २९ दार्चुला । दार्चुला जिल्लामा रहेको मार्मा गाउँपालिका कार्यालयमा पहिलो पटक डिजिटल डिस्प्ले र नोटिस बोर्ड आज शनिबार स्थापना भएको छ  । स्थानीयलाई गाउँपालिकाबाट प्रदान गरीने सेवा सुविधा तथा सुचना सहज रुपमा जानकारी गराउने उद्देश्यले डिजिटल डिस्प्ले र नोटिस बोर्ड राखेको मार्मा गाउँपालिकाका अध्यक्ष जमन सिँह धामीले जानकारी दिनु भयो । 
डिजिटल डिस्प्ले र नोटिस बोर्डमा गाउँपालिकाको योजना, कार्यक्रम, सेवा सुविधा लगायत  मार्मा गाउँपालिकामा रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको जानकारी राखिएकाे मार्मा गाउँपालिकाका कम्प्युटर अधिकृत बासुदेव सिँह महरले बताउनु भयो । मार्मा गाउँपालिकाले ५ लाख रुपैँयाको लागतमा डिजिटल डिस्प्ले र नोटिस बोर्डको स्थापना गरेको मार्मा गाउँपालिकाका कम्प्युटर अधिकृत महरले बताउनु भएको छ । डिजिटल डिस्प्ले बोर्डको पाचँ फिट लम्बाई र ढाई फिट चौडाइ रहेको छ । साथै डिजिटल नोटिस् बोड ५५ इन्चको रहेको छ । मार्मा गाउँपालिकामा सोलारको माध्यमबाट डिजिटल डिस्प्ले र नोटिस् बोर्ड सञ्चालन गरीएको छ ।