दार्चुला महोत्सव तयारी लागि समिति गठन

५ बर्ष अघि

२0७५ मंसिर २९ शनिबार

दार्चुला महोत्सव तयारी लागि समिति गठन

ललित सामन्त ,मंसिर २९ दार्चुला । आउदो माघ २५ देखि फागुन ५ गते सम्म लाग्ने दार्चुला महोसत्वका लागि समिति गठन गरिएको छ । जसमध्ये आर्थिक समिति ,स्वागत सतिति ,स्टल तथा  पुर्वाधार समिति,सचिवालय तथा प्रचार प्रसार समिति गठन गरिसकेको दार्चुला उद्योग वाणिज्य  संघका कार्यकारी निर्देशक अमर सिह महराले बताउनु भयो । यस्तै दार्चुला उद्योग वाणिज्य संघले दार्चुलामा रहेका सरकारी संघ संस्थाहरु मध्ये नेपाल जडीबुटी व्यवस्थापन समिति र अपि अपि नाम्पा संरक्षण क्षेत्र संघ पनि समन्वय भइसकेको कार्यकारी निर्देशक महराले जानकारी दिनु भएको छ । यस्तै दार्चुलाको नौगाड गाउँपालिकाले आफनो गाउँपालिका बाट ६ लाख रुपैया दिने घोषणा यसअघि नै गरिसकेको अध्यक्ष मंगल सिह ठगुन्नाले बताउनु भयो । 
त्यस्तै महाकाली नगरपालिकाले भने यसअघि नै दार्चुला उद्योग वाणिज्य संघका लागि आफनो नगरले भने ८ लाख रुपैया दिने घोषणा यसअघि नै भएको र महाकाली नगरपालिका सहआयोजक समेत रहने भएको पनि दार्चुला उद्योग बाणिज्य संघका अध्यक्ष मंगल सिह ठगुन्नाले बताउनु भयो । दार्चुला उद्योग वाणिज्य  संघले यसवर्ष भने ‘ अपि नाम्पा चौलानी, महाकालीको काख , कैलाश मालिकार्जुन, आगन दार्चुलाको शाख” भन्ने मुल नाराका साथ दार्चुला उद्योग वाणिज्य संघले तेस्रो पटक मेलाको आयोजना गर्ने भएको छ । मेला महोसत्वमा १सय ५१ स्टलहरु राख्ने र ३ करोड बराबरको कारोबारहुने अनुमान गरिएको दार्चुला उद्योग वाणिज्य संघले जनाएको छ । मेलामा स्थानीय स्तरका विभिन्न जटीबुटीहरु लगायत स्थानीय स्तरमा उत्पादन भएका बस्तुहरु पनि राखिने बाणिज्य संघले जनाएको छ ।