पुस एक गतेबाट फोहर व्यस्थापनमा नयाँ अभियान सुरु

५ बर्ष अघि

२0७५ मंसिर २८ शुक्रबार

पुस एक गतेबाट फोहर व्यस्थापनमा नयाँ अभियान सुरु

दृष्टिकोण समाचार, २८ मंसिर दार्चुला । दार्चुला सदरमुकाम खलंगाको मुटुमा रहेको महाकाली नगरपालिकाले फोहर व्यवस्थापनका लागि पुस एक गतेबाट नयाँ योजना लागु गरेको छ । विशेष गरी जिल्ला सदरमुकाम क्षेत्रमा स्थानीयको घरबाट उत्पादन हुने फोहरमैलालाई दुई किसिमले विभाजन गरी व्यवस्थापन गरिन लागेको छ । हालसालै महाकाली नगरपालिकाको टीमले धनकुटा नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिकामा भ्रमण गरी त्यहाँको फोहर व्यवस्थानको बारेमा अध्ययन गरेर फर्केको छ । 
त्यहाँ पनि कुहिने र नकुहिने फोहर सुरुमै व्यक्तिकै घरबाट छुट्याएर आउने भएपछि फोहर व्यवस्थापन सरल भएको पाईएको महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले जानकारी दिनुभयो । 
दार्चुलामा पनि पुस १ गतेदेखि लागु हुने नयाँ नियम अनुसार कुहिने फोहर जोर  र नकुहीने फोहरलाई विजोर दिनमा संकलन गरिने भएको छ । त्यसरी कुहिने र नकुहिने गरी आएको फोहर मात्रै नगरपालिकाले संकलन गरेर व्यवस्थापन गर्ने भएको छ । फोहरमैलाको दिर्घकालिन व्यवस्थापनका लागि महाकाली नगरपालिकाको खेट्टेबगरको तल्लो क्षेत्रमा व्यवस्थित डम्पीङ साइड निर्माण गरीने महकाली नगरपालिकाले जनाएको छ ।