विपदको बेला सहि सूचना दिन मोवाईल एप सम्वन्धी तालिम 

५ बर्ष अघि

२0७५ मंसिर २७ बिहीबार

विपदको बेला सहि सूचना दिन मोवाईल एप सम्वन्धी तालिम 

रमेश खत्री, मसिर २७ दार्चुला । विभिन्न विपदको उद्धार गर्नमा सही सूचना प्रवाह गर्नका लागि मोबाइल एप सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । जिल्ला रेडक्रस सोसाइटी जिल्ला शाखा दार्चुलाले बुधबारबाट आयोजना गरेको मोबाईल एप सञ्चालन सम्बन्धी तालिम विहीबार सम्पन्न भएको हो ।  तालिममा दार्चुला जिल्लाका नै वटै स्थानीय तहका सुचनाअधिकारीहरुको सहभागिता रहेको थियो । नेपाल रेडक्रस सोसाईटी जिल्ला सभापती गोपालसिह महरको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खुमकान्त आर्चाय प्रमुख अतिथी रहेका थिए । जिल्लामा कुनै अप्रीय घटना भईहालेमा पनि त्यसको सही सूचना सबैठाउँमा पु¥याउन मोवाईल एपले मद्यत गर्नेछ । यसबाट उद्धार गर्न सजिलो हुने प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए ।