सुदुरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा बर्षासँगै हिमपात(फोटो फिचर)

५ बर्ष अघि

२0७५ मंसिर २७ बिहीबार

सुदुरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा बर्षासँगै हिमपात(फोटो फिचर)

ललित सामन्त, मंसिर २७ दार्चुला । बुधबार देखि मौसम बदली भई सुदुरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा पानी पर्नुका साथै उच्च भू—भागहरुमा हिमपात भएको छ । बर्षासँगै उच्च क्षेत्रमा हिमपात भएपछि चिसो बढेको छ । दार्चुला जिल्लाको व्याँस, दुहुँ, नौगाड, मार्मा, अपिहीमाल र मालिकार्जुन गाउँपालिकाको उच्च भागहरुमा हिमपात भएको छ ।  यसबर्ष हिउँदे बर्षा  पनि निरन्तर भइरहेको छ । असोज, कार्तिक र मंसिर तीनै महिनामा यसपाली बर्षा पनि भएको छ ।  विहिबार विहान दार्चुला जिल्लाको न्युनतम ८ दशमलब ५ डिग्री सेल्सीयस मापन गरिएको जल तथा मौसम मापन केन्द्र दार्चुलाका जनक राज अवस्थीले जानकारी दिनुभयो । 
चिसो बढेसँगै विरामीको संख्यामा बृद्धि भएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । चिसोका कारण बुढापाखा र बालबालिकाहरु बढी प्रभावित भएका छन् । बुधबार रातीबाट सुरु भएको बर्षा र हिमपात विहिबार बेलुकीबाट रोकीएर मौसममा केही सुधार आएको छ ।  पानी र हिमपात भएपछि हिउँदे बालीमा राहत भएपछि किसानहरु भने खुसी भएका छन् ।