सिकाई प्रभावकारी बनाउन व्यासँ गाउँपालिकामा इ—लाइब्रेरी 

५ बर्ष अघि

२0७५ मंसिर २७ बिहीबार

सिकाई प्रभावकारी बनाउन व्यासँ गाउँपालिकामा इ—लाइब्रेरी 


सुलोचना महता, मंसिर २८ दार्चुला । दार्चुला जिल्लामा रहेको व्यासँ गाउँपालिकाले सिकाई प्रभावकारी बनाउनका लागि पहिलो पटक गाउँपालिकाका विद्यालयहरु भित्र इ—लाइब्रेरी स्थापना गर्ने भएको छ । व्यासँ गाउँपालिकामा भित्र रहेका विद्यालयहरु मध्ये पाचँ वटा विद्यालयमा डिजिटल पुस्तकालय निमार्ण हुन लागेको हो । 

व्यासँ गाउँपालिकामा रहेको हिमालय मावि हुती, बसन्तपुर मावि बसेडी, दुर्गा स्थान मावि स्याकु, सिरसिङ आधारभुत तह राप्ला र सर्बाहीक आधारभुत तह दुमलिङमा इ—लाइब्रेरी स्थापना हुने व्यासँ गाउँपालिका अध्यक्ष दिलिप सिँह बुढाथोकीले बताउनु भयो । 
डिजिटल पुस्तकालय निमार्णका लागि गाउँपालिकाले ल्याप्टप, कम्प्युटर लगायत आवश्यक साम्रगीको व्यवस्था गरी सकेको व्यासँ गाउँपालिका अध्यक्ष बुढाथोकी बताउनु भयो । व्यासँ गाउँपालिकाले  इ—लाइब्रेरी सञ्चालनका लागि शिक्षकहरुलार्इ  मंसिर २६ गते  देखि २८ गते सम्म तालिम पनि सञ्चालन गरेको छ । व्यासँ गाउँपालिकामा केही दिन मै इ—लाइब्रेरी स्थापना हुने व्यासँ गाउँपालिका अध्यक्ष बुढाथोकी बताएका छन् । 
विद्यार्थीहरुले घरमै बसेर मोबाइल तथा ल्याप्टपबाट आफुले चाहेको जानकारी पाउने, किताब किन्न बजार धाउनु नपर्ने, समय र पैसाको बचत हुने लगायतको फाईदा हुने व्यासँ गाउँपालिका अध्यक्ष दिलिप सिँह बुढाथोकी बताउनु भयो ।  इ—लाइब्रेरीबाट व्यासँ गाउँपालिकामा अध्ययन गर्ने  ४ सय देखि ५ सय जति विद्यार्थीहरु लाभावित हुने भएका छन् ।