ब्यूटी विथ द प्रपोज अवार्डबाट सम्मानित नेपालकी छाेरी स्वदेश फर्किइन्

५ बर्ष अघि

२0७५ मंसिर २७ बिहीबार

ब्यूटी विथ द प्रपोज अवार्डबाट सम्मानित नेपालकी छाेरी स्वदेश फर्किइन्

दृष्टिकोण समाचार, २७ मंसिर । चीनको सान्यामा आयोजिम मिस वर्ल्ड प्रतियोगितामा ब्यूटी विथ द प्रपोज अवार्डबाट सम्मानित नेपालकी छाेरी  श्रृंखला खतिवडा स्वदेश फर्केकी छिन् । आफूलाई ब्यूटी विथ द प्रपोज अवार्डप्रति सुरुदेखि झुकाव भएकोमा साे अवार्ड जित्दा मिसवर्ल्ड नै जितेको जस्तो अनुभूति भएको श्रृंखलाले बताइन् ।

त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै श्रृंखलाले मुख्य उद्देश्य नेपाललाई चिनाउनु रहेकाेमा  केही हदसम्म सफल भएँकाे बताइन् । टप ५ मा पुग्ने पनि आशा राखेकी श्रंखलाले टप १२ मा पुग्दाकाे महसुस सहज रुपमा लिएकाे बताएकी छिन् । यसपाली मिस वर्ल्डको फम्र्याट परिवर्तनको कारणले पनि आफूलाई असर परेको उनले बताइन् । यसपाली पाँच महादेशबाट प्रतिनिधित्व हुने गरी टप ५ को घोषणा गरिएको थियो । श्रंखलालार्इ “धेरै जना प्रतिस्पर्धीहरुले आएर तिमी नै मिस वर्ल्डको हकदार हाैँ” भन्नेकाे बताएकी छिन् ।

 आफ्नो तर्फबाट शतप्रतिशत प्रयास गरेकाेमा  रिजल्ट अाफ्नाे  हातमा नरहेकाेमा नेपालीहरुले अपेक्षा गरे बमोजिम नतिजा ल्याउन नसकेकोमा आफू दुखित बनेको मिस नेपाल श्र‌ंखलाले बताएकी छिन् । नेपालकाे परिवेशकाे बारेमा जानकारी गराउनुकाे साथै विश्वकाे सर्वाेच्च शिखर माउन्ट एभरेस्टकाे बारेमा बताएकाे श्रंखलाले बताइन् । नेपालीहरुको सहयोग र मायाले मल्टिमिडिया अवार्ड जितेकोमा  उनले आभार व्यक्त गर्नुकाे साथै  ताज जित्न नसके पनि सबैको माया जितेर आएको उनले बताइन् ।