‘बर्थ डे’कै दिन वीरसमशेरका पनातिलाई सर्वोच्चको साँचो

५ बर्ष अघि

२0७५ मंसिर २७ बिहीबार

‘बर्थ डे’कै दिन वीरसमशेरका पनातिलाई सर्वोच्चको साँचो

 दृष्टिीकोण समाचार २७ मंसिर, काठमाडौं । सर्वोच्च अदालतको २९ औं प्रधानन्यायाधीशमा चोलेन्द्र समशेर जबरा सिफारिस भएका छन् । आजै चोलेन्द्रको ‘बर्थ डे’ पनि हो । उनी सन् १९५७ डिसेम्बर १३ मा जन्मिएका हुन् ।संवैधानिक परिषदको बिहीबार बिहान बसेको बैठकले तेस्रो बरियताका न्यायाधीश जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ ।अर्को संयोग कस्तो परेको छ भने आम निर्वाचनपछि बहुमतको स्थायी सरकार बनेजस्तै सर्वोच्च अदालतले पनि २७ वर्षपछि पूर्ण कार्यकाल अर्थात् ४ वर्षका लागि प्रधानन्यायाधीश प्राप्त गर्न लागेको छ । ०४८ सालमा प्रधान न्यायाधीश भएका विश्वनाथ उपाध्यायले ४ वर्ष कार्यकाल खाएका थिए । त्यसयता कुनै पनि प्रधान न्यायाधीशले त्यति लामो अवधि पाएका छैनन् । राणा भने ०७९ पुससम्म अर्थात चार वर्ष प्रधान न्यायाधीश हुनेछन् ।