सूचना संकलनका लागि मोर्वाइल एप सम्बन्धि तालिम उद्घाटन

५ बर्ष अघि

२0७५ मंसिर २६ बुधबार

सूचना संकलनका लागि मोर्वाइल एप सम्बन्धि तालिम उद्घाटन

रमेश खत्री मसिर २६ दार्चुला  । दार्चुला जिल्ला विपतको उच्च जोखिममा रहेकाले विभिन्न आकडाहरुलाई अधारित मान्दै पुर्व तयारीका लागि मोर्वाइल सफ्टवयरको माध्यमबाट सहि सुचना संकलनका लागि नगर पालिका र गाँउपालिकाको सूचना अधिकारीहरुका लागि दुई दिने तालिमको आयोजना गरिएको
 छ । नेपाल रेडक्रस सोशाईटी दार्चुला शाखाको आयोजनामा सञ्चालन गरिएको दुई दिने तालिममा मोवाईल सफ्टवयरका माध्यमबाट छिटो छरितो जानकारी पाउन तालिमको आयोजना गरिएको हो । दार्चुला जिल्ला भुक्मपको उच्च जोखीममा रहेकाले बिपत न्युनिकरणका लागि मोवाईल सफ्टवयरले सहि सुचना संकलनका लागि महत्व पुर्ण भुमिका खेल्ने नेपाल रेडक्रस दार्चुलाका सुचना व्यवस्थापन अधिकृत राजकुमार घिमिरे जानकारी दिनु भयो । 
तालिममा दार्चुला जिल्लामा रहेका ९ वटै स्थानिय तहका आईटि अपिसर हरु नेपाल प्रहरी तथा नेपाल रेडक्रस सोसाईटिका शाखाकार्यलय दार्चुला भित्रका पदाधिकारी लगायत उपशाखाका प्रर्तिनिधिहरुको सहभागिता रहेको छ ।बुधबार आयोजना गरिएको दुईदिने तालिममा नेपाल रेडक्रस शोसाईटि जिल्ला शाखा दार्चुलाका सभापति गोपाल सिह महरको अध्यक्षताएंवम महाकाली नगरपालिका नगर प्रमुख हंस राज भट्टले कार्यक्रमको उदघाटन गर्नु भएको थियो । कार्यक्रममा खुमकान्त आर्चायको विशिष्ट आथितिमा कार्यक्रम उदघाटन गरिएको हो सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।