मंगल ग्रहमा हावा भएकाे पुष्टि

५ बर्ष अघि

२0७५ मंसिर २६ बुधबार

मंगल ग्रहमा हावा भएकाे पुष्टि

दृष्टिकोण समाचार, २६ मंसिर । अमेरिकी अन्तरिक्ष नियोग नासाको ‘इन्साइट ल्याण्डर’ ले मंगल ग्रहमा हावा भएको पुष्टि गरेको छ । ल्याण्डरले त्यहाँ हावा बहेको आवाज रेकर्ड गरी पृथ्वीमा पठाएको छ । यो आवाज सुनेर वैज्ञानिकहरु उत्साहित हुनुकाे साथै  मंगल ग्रहकाे सतहमा भएको हावालाई पहिलो पटक सुनेको दाबी गरेका छन्। इन्साइटको सेन्सरले उत्तरपश्चिम देखि दक्षिण पूर्वसम्म १० देखि १५ माइल प्रतिघन्टाको गतिमा हावा चलेको रेकर्ड गरेको हो।

हावाको यो आवाज मानिसले सुन्न सक्ने ध्वनीको क्षमता भित्रै पर्छ। यो सफलता प्रति बेलायतको लन्डनस्थित इम्पेरियल कलेजका अन्तरिक्षविद् तथा प्रमुख अनुशन्धानकर्ताले इन्साइडरले पठाएको आवाज कुनै झन्डा फहराउँदा निस्किने आवाजसँग मिल्दो रहेकाे बताएका छन् । इन्साइटले कैद गरेको मंगल रहेको हावालाई नासाको वेबसाइटमा सुन्न सकिन्छ। डिसेम्बर १ मा हावाका कारण उत्पन्न भएको तरंगलाई इन्साइटले कैद गरेको हो।

मंगल ग्रहमा रहेको हावाको आवाज रेकर्ड गर्नेबारे हामीले नसाेचेकाे क्यालिफोर्नियाको प्यासाडेनास्थित नासाको जेट प्रोपल्सन ल्याबोरेटरी(जीपीएल) मा कार्यरत इन्साइटका प्रमुख शोधकर्ता ब्रुस ब्यानर्डटले बताउनु भयाे । साथै मंगलमा भइरहेको गतिविधिलाई नियाल्ने उद्देश्य चाँही यो मिसनको रहेकाे बताएका छन् । ल्यान्डरले हावा कैद गरेकोमा हामी अति उत्साहित भएका बताएका छन् । सन् २००४ मा मंगल ग्रहमा जमिन रहेको पुष्टि गर्ने ‘क्युरिओसिटी मिसन’ कै नजिक ‘इन्साइट’ को अवतरण भएको थियाे साे क्षेत्रलाई ‘इलाइसियम प्लानिटिया’ नाम दिइएकाे थियाे ।